LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

बारा । विश्वप्रसिद्ध पञ्चबर्षीय गढीमाई मेलाको सुरक्षा अवस्था बुझ्न एवं पुजापाठ गर्न गृहमन्त्री रमेश लेखक बुधवार वरियारपुर स्थित गढीमाई मन्दीरमा पुगेका छन् ।
नेपाल सरकारका गृहमन्त्री लेखक विहानै वारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्वर १ वरियारपुर स्थित रहेकी शक्ति पिठको रुपमा स्थापित नेपाल भारत सहित विश्वप्रसिद्ध माता गढीमाईको पञ्चबर्षीय मेलालाई शान्त, सभ्य, भव्य, भयरहित बनाउने उद्देश्यले आफै मेलामा पुगेका हुन् ।
गढीमाई मेलामा अवस्था बुझन पुगेका गृहमन्त्री लेखकलाई महागढीमाई नगरपालिकाको नगरप्रमुख तथा मेला व्यवस्थापन मुल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवलाई स्वागत गरेका छन् ।
विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तर एउटै ठूलो पहिचान दिएकोले गढीमाई मन्दिरको संरक्षण लगायत मेलालाई सभ्य र भब्य बनाउनमा नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री लेखकले बताए । गढीमाई मेलालाई ब्यवस्थित बनाउनको लागि आफुले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाँकी नरहने गरी प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताए ।
संचारकर्मीसँगको कुराकानीमा गृहमन्त्री लेखिले दर्शनार्थीहरुको चाप धेरै रहेकोले सोही अनुसार सुरक्षा व्यवस्थापन गर्न सुरक्षा निकायलाई निर्देशन दिएको बताए ।
यता, लाखौं श्रद्धालुभक्तजनहरुको भिडभाड भएको स्थानमा गृहमन्त्री उपस्थित भई पुजा गर्नु र सुरक्षाको अवस्था बुझ्न आएकोमा मेला व्यवस्थापन समिति अध्यक्ष यादव सहित सम्पूर्ण समितिले गृहमन्त्री प्रति कृत्तज्ञयता प्रकट गरे ।

मन्दीरमा पुजा अर्चनादर्शन पश्चात वारा र पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारीहरु,मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी लालमणि अर्चाय, वारा र पार्सा जिल्लाका प्रहरी प्रमुखहरुसँग भेटर सुरक्षा व्यवस्था वारे जानकारी दिएका थिए ।

सम्बन्धित खबर