LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

जनकपुरधाम । खुव खाउ यौ दुलहा,खुव मोटाउ यौ दुलहा । अप्पन चोकटल चोकटल गालके फुलाउ यौ दुलहा ।
यस्तै मैथिली लोकगतीले यतिवेलाको जनकपुरमा गुञ्चमान भएको छ । प्रत्येक वर्ष मंसिरको शुल्क्ल पक्ष सुरु भएसँगै जनकपुरसहति मिथिलाञ्चल क्षेत्रमा यस्तै सुमधुर लोकगीत सङ्गीतले गुञ्जमान हुने गर्छन् । यस्ता गितसंगितले मिथिलामा विवाहको चलपल बढेको दर्शाउछन् ।

प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवले यो क्षेत्र संगितमै बनेको छ । राममजानकी विवाह महोत्सवलाई यहाँका समाजले भव्य रुपमा मनाउने गर्छन् । कारण सीता जनकपुरकै छोरी भएको र छोरी विवाह जतिकै उत्साहपुर्वक यस क्षेत्रका वासिन्दा रामजानकी विवाह महोत्सव मनाउने गर्छन् ।

मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीको दिन मनाइँने महोत्सवलाई नेपाल–भारत बीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रुपमा पनि लिइन्छ । कारण तेत्रयुगमै भारत अयोध्याका दशरथका छोरा पुरुषोत्म राम र राजा जनककी छोरी सीता बीच वैवाहिक सम्बन्धमा बाधिएको थियो । सप्ताहव्यापी चल्ने महोत्सवको पाँच दिन मटकोर कार्यक्रम सम्पन्न भएको छ ।

 

राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा वर्षेणी मार्ग पञ्चमी तिथिमा रामजानकी विवाहपञ्चमी मेलाको आयोजना हुने गर्दछ । सीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयंवरका बारेमा उल्लेख भएअनुसार आश्विन पुर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको हो ।

विवाह भएको सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी पर्व मनाउने परम्परा छ । राम र जानकीको स्वयंवर भएको जनविश्वास रहिआएको उक्त स्थानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राममन्दिरबाट जन्तीसहित भगवान रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजा लावालस्करका साथ जानकीको डोला लगेर स्वयंवर गराइन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।


हजारौँ वर्ष पुर्व त्रेतायुगमा मिथिलापति शिरध्वज राजा जनकले सीता स्वयंवरको आयोजना गर्दा देशदेशान्तरका सयौँ राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहिले पनि हिन्दु जातिको आस्थाको केन्द्रका रूपमा रहेको जनकपुरधाममा भारतबाट आएका लाखौँ श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पुजापाठ गर्ने गर्छन् ।


विवाह महोत्सवको छैठौ दिन राममन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुगिन्छ र त्यहाँँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मुर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल घरगाउँले समूह वा माइती पक्षद्वारा स्वागत अभिवादनका साथै राममन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पुर्याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ । राममन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकीजीलाई माला लगाई आरती पुजनपछि स्वयंवर सम्पन्न हुन्छ ।

त्यसपछि राममन्दिरको मण्डपअगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पुर्याएर आरती पुजन गरिन्छ । त्यसपछि राममन्दिरको डोला लावालस्करका साथ राममन्दिर फर्कने गर्दछ भने त्यसै रात मिथिला परम्पराअनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट रामकलेवा कार्यक्रम गरि महोत्सव विधिवत रुपमा सम्पन्न हुन्छ ।

यस्तो छ वैवाहिक कार्यक्रम
१७ देखि २२ मंसिर सम्म मनाईने महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन, दास्रो दिन फुलवारी लिला,धनुष यज्ञ र आज मटकोर सम्पन्न भईसकेको छ । भोलि शुक्रवार स्वयवर र राती विवाह र २२ गते रामकलेवासँगै महोत्सव सम्पन्न हुनेछ ।
अयोध्या जन्तीबाट आएका जन्तीलाई कम्बल वित्तरण


महोत्सवमा भारतको अयोध्याबाट आएका साधुसन्तसहितका पाँच सय जयन्तीलाई मधेश प्रदेश सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले कम्बल वित्तरण गरेको छ । प्रदेश सरकारले जन्तीहरुलाई भोजन गराई कम्बल वित्तरण गरेको उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँले बताए ।
जनकपुरधाममा मास मदिरा विक्रिवित्तरणमा रोक
विवाहपञ्चमीको अवसरमा ३ दिनका लागि जनकपुरधाममा माछा–मासु तथा मदिरा बिक्री बितरणमा जनकपुरधाम उपमहनगरपालिकाले प्रतिबन्ध लगाएको छ ।
१९ मंसिरदेखि २३ मंसिर राती १२ बजे सम्मको लागि जनकपुरधाममा माछा–मासु र मदिराको बिक्रीवित्तरण नगर्न जिल्ला प्रशासन कार्यालय धनुषाले सुचना जारी गरेको छ ।


जनकपुरधामको सुरक्षा व्यवस्था कडा

सप्ताहव्यापी मनाईने रामजानकी विवाहपञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
ीभडभाड भएकोले अप्रिय घटनाहरु हुन सक्ने भएकोले त्यसलाइ मध्येनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाईएको धनुषाका प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले बताए । सुरक्षाका लागि नेपाल प्रहरी, सश्स्त्र प्रहरीसहित करिव २ हजार सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । यसका साथै ठाउँठाउँमा सिसिटिभिले निगरानी तथा शदा पोशाकमा प्रहरी परिचालन गरिएको उनले बताए ।

मधेश प्रदेशमा तीन दिन सार्वजनिक विदा
यसैबीच, मधेश प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा शुक्रवार सार्वजनिक विदा दिएको छ । शुक्रवार प्रदेश सरकारको ल्याण्डेर विदा हो भने आईतवार वाराको गढीमाई मन्दिरमा लाग्ने पाँच वषिय मेलाको अवसरमा विदा दिएको छ ।

 

सम्बन्धित खबर