LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सव रामकलेवा पश्चात भोलि सम्पन्न हुदैछ ।

महोत्सव मुख्य आकर्षक मानिएको भगवान रामजानकीको शुक्रवार दिउँसो स्वयम्बर र राती विवाह सम्पन्न भएको छ । जानकी मन्दिरबाट निकालिएको डोला र राम मन्दिरबाट निकालिएको डोला स्थानीय रंगभूमि मैदानमा पुगेर मिलान गरेपछि स्वयम्बर सम्पन्न भएको हो ।

भागवान रामको डोलाको नेतृत्व गर्दै राम मन्दिरका महन्थ राम गिरी दर्जनौँ सवारी साधन र बाजागाजाका साथ रंगभुमि मैदान वारह विघा पुगेका थिए । यता, जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास वैष्णवले पनि बाजागाजा तथा लावालश्करसहित वारविघा मैदानमा पुगेका थिए । वारविघामा दुबै डोलामा एकअर्कामा मिलाएर स्वयम्बर गरिएको थियो । सो अवसरमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।
स्वयम्बर पश्चात शोभा यात्रा निकालिएको छ ।

शोभा यात्रामा जानकी मन्दिरका छोटा महन्थ रोशन दाससहित भारत अयोध्याबाट आएका साधुसन्तसहितका जन्तीहरु तथा श्रद्र्धालुभक्तजनहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।


शोभा यात्रा पश्चात आजै राती जानकी मन्दिर परिसरमा सीता र रामको वैवाहिक कार्यक्रम भएको छ । वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरीले रामका बुबा अर्थात अयोध्याका राजा दशरथको भुमिका तथा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताको बुवा अर्थात मिथिलाका राजा जनकको भूमिका निर्वाह गरेका छन् ।

वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरलाई दुलही झैं श्रृङगारिएको छ । वैवाहिक कार्यक्रमको लागि जानकी मन्दिरमा विवाह मण्डप समेत बनाईएको छ । इलोट्रोनिक वल्वको झिलिमिलिले जानकी मन्दिर अझ आकर्षक देखिएको छ ।


वैवाहिक कार्यक्रम आज राती सम्पन्न पश्चात भोलि शनिवार रामकलेवा कार्यक्रम गरि महोत्सव विधिवत रुपमा सम्पन्न हुनेछ । रामकलेवामा महोत्सवमा भारत अयोध्यासहितबाट जन्तीको रुपमा आएका साधुसन्तहरुलाई जानकी मन्दिरले भोजन खुवाई विदाइ गर्ने गर्छन ।

सम्बन्धित खबर