LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा महिलाको विभत्स हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय एक व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
मंगलवार जिल्ला प्रहरी कार्यालय धनुषाले विदेह नगरपालिका– ५ मुरिबा टोल रहेकी ४० वर्षीया रामपरी देवी ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा सोही वडाका सगमलाल पासमानको संलग्नता रहेको भन्दै सार्वजनिक गरेको हो ।
पासवानले ठाकुरलाई आपसी रिसवीको कारण विभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । केहि दिन अघि टाँउको छेदिएको अवस्थामा ठाकुरकी शव घरभन्दा करिब डेढ किलोमिटर टाढा स्थानीय एक व्यक्तिको खेतमा फेला परेको थियो भने टाँउको कमला नदीको नहरमा भेटिएको थियो ।

ठाकुरकी मृत शरीर नग्न अवस्थामा रहेकाले बलात्कार गरी पासमानले उनको हत्या गरेको हुन सक्ने अनुसन्धानबाट खुलेको उपरीक्षक तिवारीले दावि गरे ।प्रहरीले हत्याको समयमा प्रयोग गरेको पैन्ट, टिसर्ट र ज्याकेट रगत लागेको अवस्थामा पासमानकै घरबाट बरामद समेत गरिएको उनले बताए । घटनाको थप अनुसन्धानको भईरहेको उनले बताए ।

उत्ता, महोत्तरीमा पनि आफ्नै प्रेमिकाको हत्याको आरोपमा प्रहरीले प्रेमीलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
गत २३ असोजमा महोत्तरीको पिपरा गाउँपालिका–२ बस्ने २४ वर्षिया अनु रायलाई हत्या गरि महोत्तरीको टुटेश्वर जंगलमा शव फालिएको अवस्थामा फेला परेको थियो ।

उक्त घटनामा अनुका प्रेमि सर्लाही चक्रघटा गाउँपालिका –९ कौडि़याका २५ वर्षीय मंदीप कुमार यादवको संलग्नता रहेको भन्दै प्रहरीले पक्राउ गरि मंगलवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । घटनाको झण्डै तीन महिनाको अनुसन्धान पश्चात यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तु प्रसाद जयसवारले बताए ।

सम्बन्धित खबर