LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेशमा स्वास्थ्य बिमाको कभरेज बढाउन कर्मचारी तर तीनका परिवारलाई अनिर्वाय रुपमा स्वास्थ्य बिमा गराउनुपर्ने प्रक्रिया अगाडी बढाउने बताएका छन् ।

मंगलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको स्वास्थ्य बिमा सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दैै मुख्यमन्त्री सिंहले बिमाको कभरेज बढाउन कर्मचारी तथा तिनका परिवारलाई बिमा दाररामा ल्याउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री सिंहले प्रदेशमा स्वास्थ्य बिमाको कभरेज बढाउन र बिमितहरूको सेवासुविधा प्रवाहमा प्रभावकारिता ल्याउन स्वास्थ्य अधिकारीहरूलाई निर्देशन समेत दिए ।

प्रदेशको तुलनामा मधेश प्रदेशमा स्वास्थ्य बिमा गराउनेको सँख्या न्युन रहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले बिमित हुने प्रक्रियामा सरलीकरण, जनचेतना प्रसार, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति परिचालन, व्यावसायिक बिमा एजेन्टको व्यवस्थापन आदि कार्यलाई प्रभाविकारी बनाउनु बताए ।

बिमा वापतको रकम अस्पतालले नपाउने, बिमितको शल्यक्रिया लगायत उपचार कार्यमा अस्पतालले ढिलाइ गरिदिने, इच्छाएका बेला बिमा दर्ता नहुने र निश्चित समयावधि भित्र बिमा सक्रिय नहुने लगायत समस्या देखिएकोले त्यसलाई तत्काल सम्बोधन हुने गरि कार्य अगाडी बढाउन मुख्यमन्त्री सिंहले स्वास्थ्य अधिकारीहरुलाई निर्देशन सेत दिए ।

प्रदेश मातहत रहेका अस्पतालहरुमा बिमा डेस्क समेत राखेर सेवालाई प्रभावकारी बनाउनुपर्ने मुख्यमन्त्री सिंहको भनाई थियो । स्वास्थ्य बिमा प्रक्रियामा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई एजेन्टका रूपमा जिम्मेवारी दिएर पनि कार्यलाई अगाडी बढाउन सकिने बताए ।

सम्बन्धित खबर