LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले वैदेशिक रोजगारको क्रममा विदेशमा अलपत्र परेका श्रमिकको उद्धार तथा राहतका लागि चाडै उद्धार केन्द्र स्थापना गर्न लागेको बताएका छन् ।

अन्तराष्ट्रिय अप्रवासि दिवस २०२४ को अवसरमा बुधवार मधेश प्रदेशका श्रम तथा यातायात मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायले यस्तो बताएका हुन् । वैदेशिक रोजगारको क्रममा विश्वका विभिन्न मुलुकमा रहेका अलपत्र परेका वा कुनै समस्यामा परेका श्रमिकहरुको तत्काल उद्धार र राहतका लागि प्रदेश सरकारले उद्धार केन्द्र स्थापना गर्न लगेको मन्त्री रायले बताए ।

उद्धार केन्द्रको स्थापनाको लागि कार्यविधि निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै मन्त्री रायले भने,‘ शिक्षा, स्वास्थ्य तथा रोजगारीको अवस्था दयनिय रहेको मधेश प्रदेशका ८० प्रतिशत घरपरिवारबाट मान्छे  वैदेशिक रोजगारमा गएका छन । त्यसकारण यहाँका वहुसंख्यक जनताको भावनालाई बुझेर प्रदेश सरकारले अप्रवासिहरुकोलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरु अगाडी बढाएको छ ।’


चालु आर्थिक वर्षमा प्रदेश सरकारले विदेशबाट फर्केका व्यक्ति स्वदेशमै कुनै व्यवसाय वा साना घरेलु उद्योग खोलन चाहेमा प्रदेश सरकारले त्यस्त व्यक्तिलाई तालिम तथा अनुदानको व्यवस्था गरेको मन्त्री रायले बताए ।

त्यसैगरि, कुनै व्यक्ति विदेश जान मनसायमा छन् भने उनीहरुलाई कामको प्राकृतिक अनुसार तालिम तथा सम्बन्धित देशको भाषा ज्ञान तालिम दिने कार्यक्रम संचालन गर्ने मन्त्री रायले बताए ।
उनले वैदेशिक रोजगारीमा जानु अघि तालिम तथा सम्बन्धित देशको भाषाको वारे जानकारी लिएर गएको खण्डमा विदेशमा जोखिममा पर्ने खतरा न्युन रहेको बताए । कार्यक्रममा अप्रवासी संघले मन्त्री रायलाई १८ बुँदे ज्ञापनपत्र समेत बुझाएका थिए ।

कार्यक्रममा श्रम तथा यातायात मन्त्रालयका उपसचिव रंजित यादवले मधेशबाट वैदेशिक रोजगरमा गएकाहरुको डाट संकलन तथा सिप सिकाउनउे कार्य भईरहेको बताए ।

 

सम्बन्धित खबर