LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । धनुषामा मदिरामा लठ श्रीमानले श्रीमतिको हत्य गरेको छ ।
जिल्लाको मिथिला नगरपालिका– ३ हरिहरपुर बस्ने शैदैया मुखियाले करिव ४८ वर्षिया श्रीमति रेश्मी देवि मुखियालाई हत्या गरेको प्रहरी जनाएको छ ।
बुधवार दिउँसो श्रीमान श्रीमति बीच घरायसी विषयमा विवाद भएको थियो । सोही विषयलाई लिएरमा घरमा कोही नभएको अवस्थामा मौका छोपि दशैयाले श्रीमति रेश्मीलाई हत्या गरि शौचालयको पछाडि गाडेका थिए । साँझमा बुहरीले सासु वारे सासुरा (दशैया)लाई सोधेपछि शंकास्पद अभिव्यक्ति दिएपछि परिवारजनले प्रहरीलाई घटना वारे जानकारी गराएका थिए ।

दशैयालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा रेश्मीको हत्या भएको खुलेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए ।
निरीक्षक साहले दशैया हत्याको स्वीकार गरेको बताए । मदिरा सेवन गरेर दशैयाले श्रीमतिको हत्या गरि गाडेको अनुसन्धानमा खुलेको उनले बताए । प्रहरीले मृतक शवलाई पोस्टमाटम गरि परिवारजनलाई जिम्मा लगाएको छ भने दशैयामाथि कर्तव्य ज्यान मुद्दामा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले बताए ।

सम्बन्धित खबर