
जनकपुरधाम । जनकपुरधामको मिल्स एरियास्थित सिद्धार्थ बैंकले ऋणीहरु जनकारी बिना नै घरसहितको जग्गा निलामी गरेपछि जनकपुरका व्यापारीहरुले आन्दोलिनत भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका –८ बस्ने ऋणीहरु दिनेश राय कुर्मी र उनकी भाउजु सुद्रिका देवि कुर्मिले ऋण चुक्ता गर्न तयार भएपनि बैंकले बिना कुनै जानकारी अर्का व्यक्तिको नाममा निलामी गरेको भन्दै जनकपुर उद्योग वाणिज्य संघको अगुवाईमा व्यापारीहरु आन्दोलित भएको हो ।
जनकपुरधामको भ्रमरपुरा चोकमा लक्ष्मी ट्रेडर्स संचाल गर्दै आईरहेका रायले सिद्धार्थ बैंकको मिल्स एरिया शाखाबाट करिव ४ वर्ष अघि ३५ लाख रुपैयाँको विजनेश लोन र भाउजु सुद्रिकाको नाममा महेन्द्रनगरस्थित सिद्धार्थ बैंकको शाखाबाट ४५ लाखको व्यक्तिगत लोन लिए ।
दुबै लोनको ब्याज आफूले समय समयमा बुझाउँदै आएको रायले दावी गरे ।
घरमा बुवा बिरामी नहुदाँ उपचारको लागि लामो समय भारतमा बस्नुपर्ने भएकोले व्यक्तिगत लोनको ८ महिना र विजनेस लोनको ४ महिनाको किस्ता बुझान मात्रै बाँकी थियो । किस्ता बुझान आफुहरु तयारी गरिरहेको थिए, रायले भने,‘ वडा अध्यक्ष दिनेश सिंहले तिमिहरुले बैंकबाट लिएको ऋणको किस्ता तिरि रहेको छैनौ रे । तिमिहरुको घर निलामी भईरहेको छ । भने बैँकले म कहाँ निलामीको कागज लिएर आएको छ । हस्ताक्षर गरिदेउ कि के गरौ ? भनेपछि मात्रै आफुहरुले घर निलामीको जानकारी पाए ।’ ‘त्यसपछि हामी लगतै बैंकमै पुगेर ऋण चुक्ता गर्न तयार रहेकोले निलामी प्रक्रिया अगाडी नबढाउन मैनेजर अर्णसँग आग्रहा गरेको रायले बताए ।
‘कति रकम तिर्न बाँकी छ, हिसाब गर्नुस हामी व्याजसहित सम्पुर्ण ऋण चुक्ता गर्न तयार छौ भन्दा मैनेजर अर्ण बल्मपाकीले सदा कागजमा हिसाब देखाउदै भने आजै सम्पुर्ण रकम तिर्छौ भने निलामी प्रक्रिया अगाडी बढाउँदैनौ नभए, निलामी प्रक्रियामा जान्छ । तर हामीले मोटो रकम रहेकोले एक सप्ताहको समय दिनुस, हामी ऋण चुक्ता गछौ भन्दा मैनेजरले मानेनन्,’ उनले अगाडी भने, त्यसपछि गत शुक्रवार जनकपुर उद्योग वाणिज्यसँग गएर आफ्नो समस्या वारे जानकारी गराउदाँ व्यापारसँगका अध्यक्ष सुरेन्द्र भण्डारीसहित पदधिकारीले आग्रहा गर्द मैनेजर आईतवार सम्म तिर्न चुक्ता गरेपछि निलामी प्रक्रिया अगाडी नबढाउने आश्वासन दियो ।‘
सोही आश्वासन अनुसार हामी आईतवार ऋण चुक्ताको सम्पुर्ण पैसा व्यवस्था गरेर बैंकमा जदाँ आज ऋण शाखाको मान्छे आएको छैन, भोली आउनुस् भनेर मैजेरले फर्काए ।’ ंमंगलवार पनि विभिन्न बहना बनाएर हाम्रो मैनेजरले ऋण चुक्ता पैसा नबुझेको बताए । तर बुधवार मात्रै मालतपोतकै एक कर्मचारी बाट हाम्रो घर अरुको नाममा नमसारी भईसकेको थाहा पाएकको उनले बताए ।
दिनेश राय दिनेश राय
दिनेश राय
सुद्रिका देवि
मैनेजरले शुक्रवार नै हाम्रो घर अरुको नाममा सार्ने प्रक्रिया अगाडी बढाई सकेको थियो, उनले भने,‘ हाम्रो घरको मुल्य बजारको चलन चल्ती दर अनुसार दुई करोडभन्दा बढी छ । बैकले तिर्न हामीलाई मात्रै ८६ लाख हो । तर बैंकले ९० लाखमा अन्य व्यक्तिको नाममा बेच्यो ।’ एउटै परिवारको व्यक्ति भएपनि हामी फरक फरक धितो राखेर अगल अगल शाखाबाट ऋण लिएका छौ, रायले भने,‘ तर दुबै शाखाका मैनेजर मिलेर हामीलाई फसाउने काम गरे । आफुहरुलाई न्याय चाहियो ।’
यता, ऋण चुक्ताको विषयलाई लिएर विहिवार जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी पदाकिारीसहितका बैंकमा बुझन जदा विवाद भएको थियो । विवाद साम्य पर्ने प्रहरीले बैंकका शाखा प्रबन्धक अर्ण बल्मपाकीसहित ऋण शाखाका प्रमुखलाई नियन्त्रणमा लिएर साँझ छोडेको छ ।
यसैबीच, जनकपुर उद्येग वाणिज्य संघका अध्यक्ष भण्डारीले ऋण चुक्ता गर्न तयार हुदा हुदै ऋणिलाई बिना कुनै जानकारी सम्पति जर्फत गरि निलामी गर्नुको गैरकानुनी कार्यरहेको बताए । आर्थिक मन्दीको कारण व्यापारीहरु आफै समस्यामा रहेको वेला यहाँका धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, जिल्लाका प्रहरी कार्यालय धनुषाका प्रमुख भुवनेश्वर तिवारले भुमाफियाको प्रलोभनमा परेर उल्टै व्यापारीको उठिवास गराउन लागेको उनले आरोप लगाए ।
जनकपुर उद्योग वाणिज्य संघका महासचिव फुलदेव पण्डितले आजपनि बैंकले आफ्नो कमजोरी सच्चाई पीडित व्यापारीको सम्पति फिर्ता नगरे आफुहरु कडा आन्दोलनमा जाने चेतावनी दिए । यता, सिद्धार्थ बैक भानु चोक शाखाका प्रमुख अर्ण बल्मपाकीसँग घटनाको विषयमा बुझदा उनी सम्र्पक गर्दा आउन चाहेनन् ।