LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । मधेश प्रदेशका प्रमुख प्रतिपक्षि दल जनता समाजवादी पाटी(जसपा) नेपालले लामो समयदेखि प्रदेश सभाको वैठक अवरुद्ध गरेर सभालाई बन्धक बनाएको आरोप लगाएका छन् ।

आईतवारको दिउँसो बसेको जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठकले विगत ४ महिनादेखि अवरुद्ध रहेको सभाको वैठक सुचारुसहित तीन वटा माग अघि सारेको छ ।

वैठक पश्चात आयोजना गरिएको पत्रकार सम्मेलनमा जसपा नेपालका सासद तथा पुर्व मुख्यमन्त्री लालबाबु राउतले अवरुद्ध रहेको प्रदेश सभाको वैठक अभिलम्व सुचारु हुनुपर्ने, आर्थिक वर्षको आघि समय बितिसक्दा पनि विकास खर्च शुन्य रहेकोले त्यसलाई तत्काल गति दिनुपर्ने र आफ्ना पार्टीका सांसद हसिना खातुन माथि भएको संघातिक आक्रमणको भत्र्सना तथा दोषिको कारर्वाहीको माग गरिएको बताए । आफ्ना सदस्यमाथि संघातिक आक्रमण हुदाँ पनि प्रदेश सभा र प्रदेश सरकार मौन रहनु बस्नु दुःखद र सरकार गैरजिम्मेवार देखिएको जसपा नेपालको आरोप छ ।

प्रदेश सभालाई कुनै विजनेस नदिएर प्रदेश सरकारले सभालाई बन्ध बनाएर अफ्ना कमिकमजोरी ढाकछोप गर्ने काम गरेको पुर्व मुख्यमन्त्री लालबाबु राउतले आरोप लगाए । पुर्व मुख्यमन्त्री राउतले भने,‘ पछिल्लो चार महिनादेखि प्रदेश सरकार सभालाई बन्धक बनाएको छ । सासदहरुले आफ्ना क्षेत्रहरुको समस्या राख्न पाईरहेका छैन । सरकारले आफ्ना कमिकमजोरी सभाबाट आमजनतामा नपुगेस् भने उदेश्यले वैठक अवरुद्ध गरेको छ ।’


आर्थिक वर्षको ६ महिना भईसक्दा पनि प्रदेश सरकारले अहिले सम्म विकास तर्फको बजेट एक प्रतिशत पनि खर्च गर्न नसकेर जनता र संघीयता विरोधी कार्य गरेको उनले आरोप लगाए । प्रदेशमा विकास निर्माणको कार्य ठप्प छ, प्रदेश सरकारले कार्यलाई अगाडी बढाउने समयमा सुतेर बसेका छन्, पुर्वमुख्यमन्त्री राउतले भने,‘ विकास निर्माण नै ठप्प हुदाँ संघीयताप्रति आमजनतामा वितृष्णा फैलिएको छ ।’

वर्तमान सरकार सत्ता गठबन्ध भित्रै अल्झेको उल्लेख गर्दै पुर्वमुख्यमन्त्री राउतले भने,‘ यो भन्दा निक्मा सरकारको कहिको छैन । न विकासको वजेट खर्च गर्न सकेके छ न कुनै कानुनहरु नै निर्माण तर्फ जोड दिएका छन् ।’ ट्रयाकभन्दा वाहिर रहेको सरकारलाई ट्रयाकमा ल्याउन प्रमुख प्रतिक्षि दलको हैसितले आफुहरु विपक्षमा रहेको अन्य पार्टी तथा सत्तामा रहेको केहि दलसँग समेत छलफल भईरहेको उनले खुलसा समेत गरे ।
पत्रकार सम्मेलनमा जसपा नेपालका संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्री सरोज कुमार यादव, जसपा नेपालका प्रमुख सचेत रामअशिष यादवसहितको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर