LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । मधेश प्रदेशका प्रमुख प्रतिपक्षि दल जनता समाजवादी पाटी(जसपा) नेपालले लामो समयदेखि प्रदेश सभाको वैठक अवरुद्ध गरेर सभालाई बन्धक बनाएको आरोप लगाएका छन् ।

आईतवारको दिउँसो बसेको जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठकले विगत ४ महिनादेखि अवरुद्ध रहेको सभाको वैठक सुचारुसहित तीन वटा माग अघि सारेको छ ।

वैठक पश्चात आयोजना गरिएको पत्रकार सम्मेलनमा जसपा नेपालका सासद तथा पुर्व मुख्यमन्त्री लालबाबु राउतले अवरुद्ध रहेको प्रदेश सभाको वैठक अभिलम्व सुचारु हुनुपर्ने, आर्थिक वर्षको आघि समय बितिसक्दा पनि विकास खर्च शुन्य रहेकोले त्यसलाई तत्काल गति दिनुपर्ने र आफ्ना पार्टीका सांसद हसिना खातुन माथि भएको संघातिक आक्रमणको भत्र्सना तथा दोषिको कारर्वाहीको माग गरिएको बताए । आफ्ना सदस्यमाथि संघातिक आक्रमण हुदाँ पनि प्रदेश सभा र प्रदेश सरकार मौन रहनु बस्नु दुःखद र सरकार गैरजिम्मेवार देखिएको जसपा नेपालको आरोप छ ।

प्रदेश सभालाई कुनै विजनेस नदिएर प्रदेश सरकारले सभालाई बन्ध बनाएर अफ्ना कमिकमजोरी ढाकछोप गर्ने काम गरेको पुर्व मुख्यमन्त्री लालबाबु राउतले आरोप लगाए । पुर्व मुख्यमन्त्री राउतले भने,‘ पछिल्लो चार महिनादेखि प्रदेश सरकार सभालाई बन्धक बनाएको छ । सासदहरुले आफ्ना क्षेत्रहरुको समस्या राख्न पाईरहेका छैन । सरकारले आफ्ना कमिकमजोरी सभाबाट आमजनतामा नपुगेस् भने उदेश्यले वैठक अवरुद्ध गरेको छ ।’


आर्थिक वर्षको ६ महिना भईसक्दा पनि प्रदेश सरकारले अहिले सम्म विकास तर्फको बजेट एक प्रतिशत पनि खर्च गर्न नसकेर जनता र संघीयता विरोधी कार्य गरेको उनले आरोप लगाए । प्रदेशमा विकास निर्माणको कार्य ठप्प छ, प्रदेश सरकारले कार्यलाई अगाडी बढाउने समयमा सुतेर बसेका छन्, पुर्वमुख्यमन्त्री राउतले भने,‘ विकास निर्माण नै ठप्प हुदाँ संघीयताप्रति आमजनतामा वितृष्णा फैलिएको छ ।’

वर्तमान सरकार सत्ता गठबन्ध भित्रै अल्झेको उल्लेख गर्दै पुर्वमुख्यमन्त्री राउतले भने,‘ यो भन्दा निक्मा सरकारको कहिको छैन । न विकासको वजेट खर्च गर्न सकेके छ न कुनै कानुनहरु नै निर्माण तर्फ जोड दिएका छन् ।’ ट्रयाकभन्दा वाहिर रहेको सरकारलाई ट्रयाकमा ल्याउन प्रमुख प्रतिक्षि दलको हैसितले आफुहरु विपक्षमा रहेको अन्य पार्टी तथा सत्तामा रहेको केहि दलसँग समेत छलफल भईरहेको उनले खुलसा समेत गरे ।
पत्रकार सम्मेलनमा जसपा नेपालका संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्री सरोज कुमार यादव, जसपा नेपालका प्रमुख सचेत रामअशिष यादवसहितको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर