LIVE
राजनीतिक परिवर्तनले मात्रै पिछडा वर्गको विकास हुदैन ः अध्यक्ष यादव | बाराका पानी उद्योगका प्रबन्धक सिंहको हत्या प्रकरणमा दुई जना पक्राउ | महोत्तरीका जेनजी युवाहरूले सिडिओ र अस्पताल प्रमुखलाई बुझाए ज्ञापनपत्र | सत्ताव्यापी विवाहपञ्चमी महोत्सव,दिउँसो स्वयम्बर, राती विवाह | विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमवार मटकोर कार्यक्रम सम्पन्न, भोलि विवाह हुने | मुख्यमन्त्री तोके बिना विभागीय मन्त्रीहरुको जिम्मेवारी | विवाहपञ्चमी महोत्सव अन्तर्गत आईतवार तिलकोत्सव सम्पन्न | रामजानकी अन्तर्राष्ट्रिय रंगशाला मन्त्रीद्वयद्धारा निरीक्षण | मुख्यमन्त्री सरकारी निवास ः सोनल आउट, सरोज इन | सभामुख मण्डल पदमुक्त |

जनकपुरधाम । लामो समयदेखि ओझेलनमा परेको धार्मिक महत्वको दूधमति नदीको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले मधेश प्रदेश सरकारले सीमांकनको कार्य थालेको छ ।
मधेश प्रदेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयको अगुवाईमा दुधमति नदीको उद्गम स्थल क्षिरेश्वरनाथ नगरपालिका–५ मा अरजवाँँबाट सीमांकनको काम शुरु गरिएको हो ।

धनुषा र महोत्तरी क्षेत्रमा कूल २९ किलोमीटरको लामो दुधमति नदीमा कुनै समय पानी सट्टा दुध बग्ने गरेको जनविश्वास छ । सो नदिको सीमांकनको प्रारम्भिक चरणमा नक्सा अनुसार क्षेत्रफल निकालेर नापजाँच र पिलर गाड्नेसहित जग्गा छुटयाउने गरी पैनी खन्ने काम सुरु भएको उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले बताए ।

दूधमति नदी संरक्षण तथा सम्बद्र्धन उच्चस्तरीय उपसमितिद्वारा संचालित दूधमति नदी उक्सा तथा विकास परियोजना अन्तर्गत अतिक्रमणमा परेका नदीको जग्गा अतिक्रमण मुक्त र पुरिसकेको नदी क्षेत्रको उत्खन्न गरी नदीको सौन्दर्यकरण गरिने मन्त्री यादवले बताए ।


दुधमति संरक्षण योजना नभई प्रदेश सरकारकै ड्रीम प्रोजेक्टको रुपमा रहेको उल्लेख गर्दै उनले भने, ‘प्रदेश सरकारको अहिलसम्मकै ठूलो गौरवको आयोजना रहेकाले यसमा स्थानीय जनताको समेत सहयोगको आवश्यकता छ ।’

करीब ५ अर्बको बहुवर्षिय परियोजना अन्तर्गत रहेको यस योजना अन्तर्गत दूधमतिको बहाउ क्षेत्र बाहेक दुवैतर्फ ११÷११ मीटर कालेपत्र सडक, उद्गम स्थलमा मन्दिर तथा पार्कसहित पोखरीको सौन्दर्यकरण, नदी बहाउ क्षेत्रमा पर्ने प्रत्येक गाउँ÷गाउँ नजिक दूधमति र सीता माताको मन्दिर सहित पार्क, प्रत्येक २÷२ किलोमीटरको दूरीमा ड्याम बनाउने व्यवस्था रहेको सो मन्त्रालयका सचिव जक्की अहमद अन्सारीले बताए । आर्थिक वर्ष २०८१÷०८२ मा सो परियोजनाको लागि मन्त्रालयले २ करोड ५० लाख रुपैया बजेट छुटयाएको उनले बताए ।

यता, उक्त परियोजनाको लागि स्थानीय तहको तर्फबाट क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले नगरपालिकाबाट २५ लाख र लक्ष्मिनिया गाउँपालिकाले प्रतिनिधिले ११ लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

यसैबीच, नेपाली कांग्रेसका सहमहामन्त्री तथा पुर्व खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले दूधमति नदीको उकास र विकास भए धनुषा महोत्तरी मात्र नभई नेपाल भारत समेतका अन्य क्षेत्रका लागि यो एउटा ठूलो पर्यटकीय गणतव्यको रुपमा स्थापित हुने बताए ।

दूधमति नदी पर्यटकीय क्षेत्रमा रुपमा विकास भए क्षिरेश्वर नगरपालिका मात्र नभई धनुषादेखि महोत्तरीसम्मका जनताका लागि आर्थिक विकासको ठूलो टेवा पुग्ने उनले बताए । दुधमतिको संरक्षण भएसँगै सो क्षेत्रमा पर्ने स्थानीय तहको लागि समेत आर्थिक उपार्जनको माध्यम बन्ने सक्ने उनको भनाई थियो ।

सम्बन्धित खबर