LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज विभिन्न कार्यक्रम गरि बलिदानी मनाएको छ ।

बलिदनी दिवसको अवसरमा प्रदेश सरकारले मधेश आन्दोलनका शहिद परिवारलाई दिउँसो सम्मान कार्यक्रम राखेको थियो भने साँझ जानकी मन्दिरको परिसरमा शहिदहरुको सम्झनामा एक लाख दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

शहिद परिवारको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशलाई अधिकार सम्पन्न बनाउन अझै संघर्षको आवश्यकता रहेको बताए ।


मधेशी शहीद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा आयोजना गरेको मुख्यमन्त्री सिंहले मधेश आन्दोलनको बलमा मुलुकले संघीयता पाएको र बाँकी अधिकार प्राप्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताएका हुन् ।
सिंहले चरणबद्ध रुपमा अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने भन्दै भने, “अहिले अझै कयौँ अधिकार प्राप्त गर्न बाँकी छन् । प्राप्त उपलब्धीलाई संस्थागत गर्दै बाँकी अधिकारका लागि संघर्ष गर्नु आजको आवश्यकता हो ।”


मुख्यमन्त्री सिंहले मधेश आन्दोलनको फलस्वरूप मुलुक संघीय संरचनामा प्रवेश गरेपनि प्रदेश सरकारलाई प्रहरी प्रशासन र ठूला कामका लागि संघको मुख ताक्नुपर्ने बाध्यता रहेको बताए । उनले प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्रीहरु बनाइए पनि वास्तविक कार्यक्षमता सीमित रहेको बताएका छन् ।

सिंहले शहीद परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै शहीद परिवारका लागि रोजगारीका अवसर सृजना गर्न कानून बनाउने योजना रहेको जानकारी दिए ।

 

सम्बन्धित खबर