LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज विभिन्न कार्यक्रम गरि बलिदानी मनाएको छ ।

बलिदनी दिवसको अवसरमा प्रदेश सरकारले मधेश आन्दोलनका शहिद परिवारलाई दिउँसो सम्मान कार्यक्रम राखेको थियो भने साँझ जानकी मन्दिरको परिसरमा शहिदहरुको सम्झनामा एक लाख दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

शहिद परिवारको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशलाई अधिकार सम्पन्न बनाउन अझै संघर्षको आवश्यकता रहेको बताए ।


मधेशी शहीद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा आयोजना गरेको मुख्यमन्त्री सिंहले मधेश आन्दोलनको बलमा मुलुकले संघीयता पाएको र बाँकी अधिकार प्राप्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताएका हुन् ।
सिंहले चरणबद्ध रुपमा अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने भन्दै भने, “अहिले अझै कयौँ अधिकार प्राप्त गर्न बाँकी छन् । प्राप्त उपलब्धीलाई संस्थागत गर्दै बाँकी अधिकारका लागि संघर्ष गर्नु आजको आवश्यकता हो ।”


मुख्यमन्त्री सिंहले मधेश आन्दोलनको फलस्वरूप मुलुक संघीय संरचनामा प्रवेश गरेपनि प्रदेश सरकारलाई प्रहरी प्रशासन र ठूला कामका लागि संघको मुख ताक्नुपर्ने बाध्यता रहेको बताए । उनले प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्रीहरु बनाइए पनि वास्तविक कार्यक्षमता सीमित रहेको बताएका छन् ।

सिंहले शहीद परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै शहीद परिवारका लागि रोजगारीका अवसर सृजना गर्न कानून बनाउने योजना रहेको जानकारी दिए ।

 

सम्बन्धित खबर