LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम  । मधेस प्रदेशको साक्षरता दर सब भन्दा कम रहेको समयमा त्यसलाई उकास्ने उदेश्यले
नेपाली काँग्रेसकी युवा नेतृ एवं मधे प्रदेश कार्य समिति सदस्य शर्मिला थापाले विपन्न एवं दलित समुदायका बालबालिकाहरुलाई स्कूल ब्याग वितरण गरेकी छिन ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्वर १ किशनपुर  स्थित दलित वस्तीमा  नेतृ थापाले एक सय विपन्न तथा दलित समुदायका बालबालिकाहरुलाई मंगलवार स्कूल ब्याग वितरण गरेकी हुन् । मधेश प्रदेशको स्वास्थ्य विभाग प्रमुख समेत रहेकी महिला नेतृ थापाले  आफनो निजी खर्चमा गरिव एवं दलित बालबालिकाहरुलाई स्कूल वितरण गरेर मानविय धर्म निर्वाह गरेको बताइएको छ ।


अत्यधिक चिसोको मौसममा बालबालिकाहरु ब्यागको अभावमा हातमै पाठयपुस्त लिएर जाने बाध्यता ब्याग बितरणले समाप्त हुने उनले बताईन । स्कुले बालबालिकालाई ब्याग वितरण गर्न पाउदा निकै खुशी लागेको र यस्ता कार्यमा अरुलाई लाग्न पनि उनले सुझाए ।
अहिले पनि हाम्रो समाजमा गरिबीबाट जुधिरेहको अवस्थामा लक्ष्ति वर्ग समक्ष एवं ति समुदायका परिवारलाई सहयोग गर्न अबसर जराइदिने सबै प्रति उनले आभार प्रकट गरिन् ।


ब्याग वितरण कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवार, महाधिवेशन प्रतिनिधि सोनेलाल साह, नेपाली कांग्रेसका नेताहरू श्याम सिंह, अनिल कर्ण,  तेजनारायण चौधरी,  ईसा मंसुर, मक्सुद आलम सहित उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर