
जनकपुरधाम । मधेस प्रदेशको साक्षरता दर सब भन्दा कम रहेको समयमा त्यसलाई उकास्ने उदेश्यले
नेपाली काँग्रेसकी युवा नेतृ एवं मधे प्रदेश कार्य समिति सदस्य शर्मिला थापाले विपन्न एवं दलित समुदायका बालबालिकाहरुलाई स्कूल ब्याग वितरण गरेकी छिन ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्वर १ किशनपुर स्थित दलित वस्तीमा नेतृ थापाले एक सय विपन्न तथा दलित समुदायका बालबालिकाहरुलाई मंगलवार स्कूल ब्याग वितरण गरेकी हुन् । मधेश प्रदेशको स्वास्थ्य विभाग प्रमुख समेत रहेकी महिला नेतृ थापाले आफनो निजी खर्चमा गरिव एवं दलित बालबालिकाहरुलाई स्कूल वितरण गरेर मानविय धर्म निर्वाह गरेको बताइएको छ ।
अत्यधिक चिसोको मौसममा बालबालिकाहरु ब्यागको अभावमा हातमै पाठयपुस्त लिएर जाने बाध्यता ब्याग बितरणले समाप्त हुने उनले बताईन । स्कुले बालबालिकालाई ब्याग वितरण गर्न पाउदा निकै खुशी लागेको र यस्ता कार्यमा अरुलाई लाग्न पनि उनले सुझाए ।
अहिले पनि हाम्रो समाजमा गरिबीबाट जुधिरेहको अवस्थामा लक्ष्ति वर्ग समक्ष एवं ति समुदायका परिवारलाई सहयोग गर्न अबसर जराइदिने सबै प्रति उनले आभार प्रकट गरिन् ।
ब्याग वितरण कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवार, महाधिवेशन प्रतिनिधि सोनेलाल साह, नेपाली कांग्रेसका नेताहरू श्याम सिंह, अनिल कर्ण, तेजनारायण चौधरी, ईसा मंसुर, मक्सुद आलम सहित उपस्थिति रहेको थियो ।