LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । आफुहरुको समस्य समाधानमा सरकारले चासो नदेखाएको भन्दै मिटरव्याज पीडितहरूले पुनः अन्दोलन गर्ने घोषणा गरेका छन् ।
मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल केन्द्रिय समितिले शुक्रवार जनकपुरधाममा पत्रकार सम्मेलन गरि आन्दोलनको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल केन्द्रिय अध्यक्ष अवधेश कुश्वाहाले सरकारले विगतमा आफुहरुसँग सहमतिमा गम्भिरता नदेखाएको तथा उल्टै मिटिरव्याज पीडितलाई पिडा दिने गरेको आरोप लगाए ।

१४ माघका देशभरिका मिटरव्याज पीडितहरुको आम सभा गर्ने र देशभरि आर्थिक शोषणविरूद्ध जनजागरण अभियान संचालन गर्ने उनले बताए ।
मटरव्याजको विरूद्ध आन्दोलनको बिस्तार गर्दै अब यस अभियानलाई अदालतविरूद्ध पनि कडा रुपमा आफुहरु अगाडी बढ्ने उनले चेतावनी सममेत दिए । विगतमा मिटिरव्याज पीडितहरुको लागि सरकारले आयोग पनि बनायौ, उनले भने, त्यसमा ६० हजार भन्दा आवेदन पनि पर्यो । तर अहिले सम्म १० प्रतिशत पनि उजुरीको समाधान नहुदै सरकारले उक्त अयोगलाई पेन्डुलम बनाएको छ । त्यसकारण अव आरपारको आन्दोलनको विकल्प छैन ।’

सम्मेलनमा मिटरव्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय महासचिव मनोज कुमार पासवानले सरकारसँग तीन चरणको वार्ता भए पनि सम्झौताका विषयहरू कार्यान्वयन नगरी चौथो चरणको आन्दोलनको तयारीमा आफुहरुको जुटेको उनले बताए । देशभर मिटरव्याज पीडितहरू शोषणमा छन, उनले भने,‘ तर राज्यका निकायहरुले पीडितलाई राहत दिनुको साट्टो झन पीडित बनाईरहेका छन् ।’
आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको प्रमुख उद्देश्य आम उत्पीडित जनसमुदायलाई संगठित र प्रशिक्षित गर्दै न्यायको लागि जागरुक बनाउने रहेको उनले बताए ।

अभियानले मिटरव्याजी साहु, वित्तीय माफियाहरू, भू–माफियाहरू र यसका संरक्षकहरूको विरूद्ध जनसमुदायलाई सचेत गर्दै स्वतः सशक्त संघर्षमा संलग्न हुने वातावरण सिर्जना गर्ने उदेश्य रहेको उनले बताए ।

सम्बन्धित खबर