
जनकपुरधाम । धनुषामा श्रीमानले लौरौ प्रहार गरि श्रीमतिको हत्या गरेको छ ।
जिल्लाको धनुषाधाम नगरपालिका–५ उमाप्रेमपुरका ३३ वर्षीय देवलाल ठाकुरले २९ वर्षिया श्रीमती संगिता ठाकुरको हत्या प्रहार गरि हत्या गरेका हुन् ।
श्रीमान–श्रीमतीबीच सामान्य विवाद सुरु भएपछि देवलालले आक्रोशमा आएर संगिताको टाउकोमा लौरो प्रहार गरेका थिए । लौरो प्रहारबाट संगीताको गम्भीर चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक बरुण सिंहले जानकारी दिए ।
धनुषाधाम प्रहरी घटनास्थलमा पुगेर देवलाल ठाकुरलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान अगाडी बढाएको उनले बताए । मृतकको शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।