LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । उद्यमशिलता प्रवद्र्धन गर्ने उदेश्यले नबिल बैंक लिमिटेडले संचालन गरेको नबिल स्कुल अफ सोशियल इन्टरप्रेनरसिप (सर्टिफिकेट कोर्स) कार्यक्रम मधेश प्रदेशमा पनि सुरु भएको छ ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशिलता प्रवद्र्धन गर्न देशभरिका सात प्रदेशका ११ वटा शैक्षिक संस्थासँग सहकार्य गर्दै सर्टिफिकेट कोर्स र फेलोसिप कार्यक्रम सञ्चालन गरेको छ । मधेश प्रदेशमा भने बैंकले सो कार्यक्रमको लागि जनकपुरधामका मोनाष्टिक आवासिय माध्यमिक विद्यालयसँग सहकार्य गरेको छ ।

मधेश प्रदेशमा सो कार्यक्रमको पहिलो कोहर्टको औपचारिक सुरुवात शनिवार एक कार्यक्रम बीच गरिएको छ । नबिल बैंक र मोनाष्टिक विद्यालयको सहकार्यमा सञ्चालन भएको यस कार्यक्रममा विभिन्न व्यवसायिक तथा कलात्मक क्षेत्रमा संलग्न रहेका २५ जना सहभागी गराईएको छ ।

सामाजिक उद्यमशिलतामा रुचि राख्ने नयाँ उद्यमीहरूलाई आवश्यक ज्ञान र मार्गनिर्देशन प्रदान गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमको लक्ष्य रहेको मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक डा.सोनु कुमार साहले बताए । तीन महिनाको अवधिमा सहभागीहरूलाई १४ दिनको एक्सन बेस्ड तालिम दिइनेछ ।

तालिममा ब्रान्डिङ, मार्केटिङ, उद्यमशिलताको विविध पक्षमा प्रशिक्षण दिईने उनले बताए । साथै, अनुभवी उद्यमी र प्रशिक्षकहरूसँगको अनुभव आदानप्रदान, कार्यशाला र फिल्ड भिजिट कार्यक्रम पनि समावेश गरिएको छ ।

कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले यस्ता कार्यक्रमले सामाजिक उद्यमशिलताको विकासमा टेवा पुग्ने बताए । उद्यामशिलता अर्थ उत्पादनको माध्यम रहेको बताउँदै मुख्यमन्त्री सिंहले यस्ता कार्यक्रम अन्य बैंक तथा वितीय संघसंस्थाहरुले संचालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डिल्लीराम सुवेदी, नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारी, मोनाष्टिक विद्यालयका प्रबन्ध निर्देशक डा.सोनु कुमार साहलगायतका सहभागिता रहेको थियो ।

 

सम्बन्धित खबर