LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारमा रहेका एक कैदीबन्दीको मृत्यु भएको छ ।

आगजनी घटनामा कैद सजायको भुक्तानी गरिरहेका धनुषाको बटेश्वर गाउँपालिका–१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको शनिवार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शनिवार राती महराको पेट एक्कासी दुखेपछि करागार प्रशासनले नजिकै रहेको प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गराएको थियो । महराको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जलेश्वर कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिए । उनका अनुसार महरा पहिलेदेखि विरामी रहेको र औषधीहरु औषधि सेवन गर्दै आएका थिए ।

२०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर गर्दै उनलाई जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएको थियो । त्यसबेलादेखि फरारका लिस्टमा रहेका उनलाई दुई वर्षअघि प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेका थिए ।

सम्बन्धित खबर