
जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारमा रहेका एक कैदीबन्दीको मृत्यु भएको छ ।
आगजनी घटनामा कैद सजायको भुक्तानी गरिरहेका धनुषाको बटेश्वर गाउँपालिका–१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको शनिवार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
शनिवार राती महराको पेट एक्कासी दुखेपछि करागार प्रशासनले नजिकै रहेको प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गराएको थियो । महराको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जलेश्वर कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिए । उनका अनुसार महरा पहिलेदेखि विरामी रहेको र औषधीहरु औषधि सेवन गर्दै आएका थिए ।
२०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर गर्दै उनलाई जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएको थियो । त्यसबेलादेखि फरारका लिस्टमा रहेका उनलाई दुई वर्षअघि प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेका थिए ।