
जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संघीयतालाई संस्थागत गर्न सबैले एकजुट भएर अघि बढनुपर्ने बताएकी छिन् ।
मधेश प्रदेश सभाको सातौँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश प्रमुख भण्डारीले हजारौ शहीदको बलिदानी र विभिन्न अधिकारवादी आन्दोलनबाट प्राप्त संघीयतालाई संस्थागत गर्ने सबैले आ आफ्नो स्थानबाट पहल गर्नुपर्नेमा जोड दिईन ।
प्रदेश विकसित भए मात्र देश समृद्ध हुन सक्ने भन्दै प्रदेश प्रमुख भण्डारीले प्रदेश सभाले प्रदेशको समृद्धि, विकास तथा सामाजिक विकृतिहरूको अन्त्य गर्नेका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताईन् । मधेश प्रदेश र प्रदेश सरकारमा लाग्ने गरेका विभिन्न आरोप चिर्न प्रदेशमा आर्थिक अनुशासन कायम गर्न जरुरी रहेको छ, उनले भनिन्, ‘ प्रदेशको विषयमा हुने नकारात्मक टिप्पणीलाई चिर्न प्रदेश सरकार र प्रदेश साँसदहरुले सङ्घीयता तथा गणतन्त्रको संस्थागत विकास हुने कार्यलाई अगाडी बढाउनुको आवश्यक छ ।’
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विगतका सरकारभन्दा आफ्नो नेतृत्वको सरकारले कयौ गुणा राम्रो काम गरेको दावि गरे । प्रदेशमा झण्डै साढे ६वर्ष सम्म जसपा नेतृत्वको सरकार रह्यो, उनले भने,‘ तर ति सरकारले गर्न नसक्ने कार्य हाम्रो सरकारले गरिरहेको छ । म पुरानो सरकारलाई चुनौति दिन चाहन्छु हाम्रो नेतृत्व सरकारभन्दा बढी विकासका योजनाहरु अगाडी बढाएको छ भने देखाई दिनुस् ।’
जसपा नेतृत्वको प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रह्यो, उनले भने,‘ कानुनको नाममा करौयौ रुपैया खर्च गर्यो र विकासका योजनाहरु कमिशन लिएर विक्रि गरयो । तर हाम्रो सरकारले टेण्डमा अधिकांश योजनाहरुको कार्य अगाडी बढाएको छ ।’
प्रदेशमा सुशासन तथा जनतालाई विकासको अनुभूति गराउनका लागि प्रदेश सरकारले विभिन्न बाधा तथा व्यवधानका बीचमा काम गरिरहेको र यसको परिणाम चाडै देखिने उनले दावि गरे ।
उनले भने,‘विपक्षी दलहरुले प्रदेश सरकार सुस्तगतिमा हिंडिरहेको आरोप लगाउंदै आएको छ । काम त भई नै रहेको अब के जेट प्लेन जस्तो उडाई दिउ । जेट प्लेन उडाउन जक्सन चाहियो, बिना जक्सनको प्लेन उडाएर दुर्घटनामा पर्ने सक्छ ।’ त्यसैगरि, कार्यक्रमका प्रदेश सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाबाट बनेका कानुन कार्यान्वयको अवस्था तथा त्यसको उपयोगिताको परीक्षण गर्न विद्यायन समति परीक्षण समिति गठनको आवश्यकता रहेको बताए ।
प्रदेश सभाबाट बनाएको कानुनको कार्यान्वयको अवस्थामा वारे सबै जानकारी हुनुपर्ने उनले बताए । कार्यक्रममा प्रदेश साँसदहरुको सहभागिता न्युन रहेकोमा आक्रोस व्यक्त गर्दैै सभामुख मण्डलले भने,‘ कार्यक्रममा अनुपस्थित भएका सांसदहरुलाई कारवाही गर्न सक्ने अधिकार म सँग छ । तीन महिना निलम्बन गर्न सक्छु । तर म त्यस तर्फ जान्न चाहन् । राम्रो साँसदलाई सम्मान गरिए जस्तै गल्ती गर्नेलाई कारर्वाही नगरेको खण्डमा आरजकता तर्फ बढ्छ ।’
प्रमुख सचेतकहरुलाई आ आफ्ना सदस्यलाई नियन्त्रण गर्न नसकेको आरोप लगाउंदै कार्यक्रमलाई महत्व नदिएका प्रदेश सभा सदस्यहरुलाई आगामी दिनमा यस्तो देखिएमा आफूले तीन महिनासम्म निलम्बन गर्न सक्ने धम्की दिए । सभामुख मण्डलले संघीय शासन प्रणालीमा देश गएपछि मधेशको गाउँ गाउँमा विकासको लहर आएर गाउँहरू अहिले शहरमा परिणत हुन थालेको बताउंदै उनले यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।
प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले प्रहरी समायोजन सहितको सङ्घीयतालाई बलियो बनाउनका लागि वर्तमान प्रधानमन्त्री गम्भीर रहनु भएकाले नकारात्मक टिप्पणी नगरेर आशावादी रहन आग्रह गरे । यस्तै शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले शिक्षामा लगानी नबढाएसम्म प्रदेशको समृद्धि र विकास कठिन हुने भएकाले सबै तहका सरकारलाई शिक्षामा लगानी बढाउन आग्रह गरिन् ।
कार्यक्रममा जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवलाई उत्कृष्ट साँसद र सचिवालय कर्मचारी इन्द्रकुमार वणखेडालाई उत्कृष्ट कर्मचारीको पुरस्कार प्रदान गरिएको थियो । सासद यादव दोस्रो पटक उत्कृष्ट साँसदका पुरस्कार पाएका हुन् । वाषिकोत्सवको अवसरमा प्रदेश सभा सचिवालयले वृरक्षा रोपन, खाद्यन वितरण सहितका कार्यक्रमको सोमवार विहानै आयोजना गरिएको थियो ।
त्यसैगरि, प्रदेश सभा वार्षिकोत्सवको अवसरमा वनस्पति अनुसन्धान केन्द्र धनुषाले प्रदेश साँसद, जनप्रतिनिधी तथा कर्मचारीहरुलाई जडीबुटीका विरुवाहरु निःशुल्क रुपमा वित्तरण गरेको छ । वनस्पति अनुसन्धान केन्द्र धनुषाका प्रमुख ताहिर हुसेनले जडीबुटी वारे जनचेतना जगाउने उदेश्यले सतावरी,लेमनग्राससहितका जडीबुटीको विरुवा निःशुल्क रुपमा वित्तरण गरिएको बताए ।