LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । संसदीय मामिला पत्रकार समाज, जनकपुरधाम नयाँ कार्यसमिति र सल्लाहकार समिति गठन गरिएको छ ।

बुधबार नेपाल पत्रकार महासंघ धनुषाको शास्त्री सभाकक्षमा सम्पन्न भएको पत्रकारहरुको भेलाले छलफल र परामर्शपछि ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । भेलाबाट कार्यसमितिमा वीरेन्द्र रमणलाई अध्यक्षको जिम्मेवारी दिइएको छ भने हदिस खुद्दारलाई उपाध्यक्षमा चयन गरिएको छ ।

त्यस्तै सचिव पदमा विकास कुमार साह, सह–सचिवमा कमलेश कुमार ठाकुर र कोषाध्यक्षको पदमा लक्ष्मी चौधरीलाई सर्वसहमति चयन भएका छन् । समितिको सदस्यहरूमा नविन सिंह, संजय साह, चाँदनी झा, माला राय, राजा झा र संजय यादवलाई चयन गरिएको छ ।
सल्लाहकार समितिमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, मनिका झा, अजित तिवारी, श्रीनारायण साह, अजय झा, सुरेश यादव र धिरेन्द्र साह चयन भएका छन् ।

समितिले संसदीय मामिलामा जनकपुरधाममा कार्यरत पत्रकारहरूबीचको समन्वय, समाचार संकलनमा हुने कठिनाई समाधान र पत्रकारिताको उच्च मापदण्ड कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।

सम्बन्धित खबर