
जनकपुरधाम । संसदीय मामिला पत्रकार समाज, जनकपुरधाम नयाँ कार्यसमिति र सल्लाहकार समिति गठन गरिएको छ ।
बुधबार नेपाल पत्रकार महासंघ धनुषाको शास्त्री सभाकक्षमा सम्पन्न भएको पत्रकारहरुको भेलाले छलफल र परामर्शपछि ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । भेलाबाट कार्यसमितिमा वीरेन्द्र रमणलाई अध्यक्षको जिम्मेवारी दिइएको छ भने हदिस खुद्दारलाई उपाध्यक्षमा चयन गरिएको छ ।
त्यस्तै सचिव पदमा विकास कुमार साह, सह–सचिवमा कमलेश कुमार ठाकुर र कोषाध्यक्षको पदमा लक्ष्मी चौधरीलाई सर्वसहमति चयन भएका छन् । समितिको सदस्यहरूमा नविन सिंह, संजय साह, चाँदनी झा, माला राय, राजा झा र संजय यादवलाई चयन गरिएको छ ।
सल्लाहकार समितिमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, मनिका झा, अजित तिवारी, श्रीनारायण साह, अजय झा, सुरेश यादव र धिरेन्द्र साह चयन भएका छन् ।
समितिले संसदीय मामिलामा जनकपुरधाममा कार्यरत पत्रकारहरूबीचको समन्वय, समाचार संकलनमा हुने कठिनाई समाधान र पत्रकारिताको उच्च मापदण्ड कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।