LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम, मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक विकासलाई लक्ष्य गर्दै क्षमता विकाससम्बन्धी एकदिवसीय कार्यक्रम सम्पन्न भएको छ ।

मुस्लिम आयोगले महोत्तरीको जलेश्वरमा आयोजना गरेको कार्यक्रममा मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुस्लिम समुदायका समस्या, हक र अधिकारको विषयमा प्रकाश पार्दै समावेशिता तथा समान अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छिन् । मुस्लिम समुदायको योगदानलाई राज्यले पहिचान गर्दै उनीहरूको समुचित विकासका लागि नीति निर्माण गर्नुपर्ने उनले जोड दिईन ।

कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व गृहराज्यमन्त्री रिजवान अन्सारीले नेपालमा दलित समुदायभन्दा पनि मुस्लिम समुदायको अवस्था दयनिय रहेको दावि गरे । नेपालका ८० प्रतिशत मुस्लिम गरिबि रेखामुनि तथा ४० प्रतिशत मुस्लिम भुमिहिन रहेको बताउँदै उनले भने,‘ मुस्लिम समुदायको यस्तो दयनिय अवस्थामा रहेपनि राज्यले मुस्लिम समुदायको उत्थानमा गम्भिरता देखाईरहेको छैन । राज्य मुस्लिम समुदायलाई केवल करदाता र मतदाताका रूपमा प्रयोग गरिरहेको उनले आरोप लगाए ।

मुस्लिम समुदायको आर्थिक, सांस्कृतिक र शैक्षिक विकासलाई राज्यले उपेक्षा गरिरहेको बताउँदै उनले आफ्नो हक अधिकारको लागि मुस्लिम समुदायलाई संगगित हुनुपर्नेमा जोड दिए । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायका लागि सरकारी निकाय तथा प्रशासनिक तहमा आरक्षणको व्यवस्था तत्काल हुनुपर्नेमा जोड दिए ।

राज्यका नीति तथा योजनाहरूमा मुस्लिम समुदायको सहभागिता सुनिश्चित गर्नु आवश्यक रहेको बताउँदै उनले मुस्लिम आयोगले मुस्लिम समुदायको समस्या तथा हक अधिकारको वारेमा अवाज उठाउँदै आएको बताए ।

कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले राज्यलाई मात्र दोष नदिई मुस्लिम समुदायले पनि आफ्ना हक अधिकारको विषयमा सचेत हुनु आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रदेश साँसद तथा मधेशका पुर्व गृहमन्त्री बिमला अन्सारी, प्रदेश साँसद रजि हैदर, मुस्लिम आयोगका सदस्य तथा प्रवक्ता अरशद मिर्जा बेग, सदस्य समसुल हक, मुस्लिम समुदायका अगुवाहरू नेताहरु मौलना ईजरायल अहमद रिजवी, हकिम राईन, मोहम्मद कैस, इब्राहिम राईनसहितका सहभागिता रहेको थियो ।

सम्बन्धित खबर