LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम, मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक विकासलाई लक्ष्य गर्दै क्षमता विकाससम्बन्धी एकदिवसीय कार्यक्रम सम्पन्न भएको छ ।

मुस्लिम आयोगले महोत्तरीको जलेश्वरमा आयोजना गरेको कार्यक्रममा मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुस्लिम समुदायका समस्या, हक र अधिकारको विषयमा प्रकाश पार्दै समावेशिता तथा समान अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छिन् । मुस्लिम समुदायको योगदानलाई राज्यले पहिचान गर्दै उनीहरूको समुचित विकासका लागि नीति निर्माण गर्नुपर्ने उनले जोड दिईन ।

कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व गृहराज्यमन्त्री रिजवान अन्सारीले नेपालमा दलित समुदायभन्दा पनि मुस्लिम समुदायको अवस्था दयनिय रहेको दावि गरे । नेपालका ८० प्रतिशत मुस्लिम गरिबि रेखामुनि तथा ४० प्रतिशत मुस्लिम भुमिहिन रहेको बताउँदै उनले भने,‘ मुस्लिम समुदायको यस्तो दयनिय अवस्थामा रहेपनि राज्यले मुस्लिम समुदायको उत्थानमा गम्भिरता देखाईरहेको छैन । राज्य मुस्लिम समुदायलाई केवल करदाता र मतदाताका रूपमा प्रयोग गरिरहेको उनले आरोप लगाए ।

मुस्लिम समुदायको आर्थिक, सांस्कृतिक र शैक्षिक विकासलाई राज्यले उपेक्षा गरिरहेको बताउँदै उनले आफ्नो हक अधिकारको लागि मुस्लिम समुदायलाई संगगित हुनुपर्नेमा जोड दिए । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायका लागि सरकारी निकाय तथा प्रशासनिक तहमा आरक्षणको व्यवस्था तत्काल हुनुपर्नेमा जोड दिए ।

राज्यका नीति तथा योजनाहरूमा मुस्लिम समुदायको सहभागिता सुनिश्चित गर्नु आवश्यक रहेको बताउँदै उनले मुस्लिम आयोगले मुस्लिम समुदायको समस्या तथा हक अधिकारको वारेमा अवाज उठाउँदै आएको बताए ।

कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले राज्यलाई मात्र दोष नदिई मुस्लिम समुदायले पनि आफ्ना हक अधिकारको विषयमा सचेत हुनु आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रदेश साँसद तथा मधेशका पुर्व गृहमन्त्री बिमला अन्सारी, प्रदेश साँसद रजि हैदर, मुस्लिम आयोगका सदस्य तथा प्रवक्ता अरशद मिर्जा बेग, सदस्य समसुल हक, मुस्लिम समुदायका अगुवाहरू नेताहरु मौलना ईजरायल अहमद रिजवी, हकिम राईन, मोहम्मद कैस, इब्राहिम राईनसहितका सहभागिता रहेको थियो ।

सम्बन्धित खबर