LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम ।  मधेश प्रदेश सरकारले वन जंगलको फडानी तथा अतिक्रमण रोक्न पहिलोपटक ५२ जना वनरक्षक भर्ना गर्ने भएको छ ।  मधेश प्रदेशको वन तथा वातरण मन्त्रालयको सिफारिसमा प्रदेश लोक सेवा आयोगले प्रदेशका ८ वटै जिल्लामा लागि पहिलो चरणमा ५२ जना वनरक्ष भर्नाको लागि सूचना प्रकासित गरेको छ ।

वन तथा वातारण मन्त्रालयका अनुसार सप्तरीमा ७ सिरहामा ११, धनुषा ६, महोतरीमा ७, सर्लाहीमा ९, वन अनुसन्धान केन्द्र सर्लाही १, रौतहट १९, बारा १० र पर्सामा २३ जना गरी प्रदेश भरिमा ९३ जना वनरक्षकको दरबन्दी खाली रहेको छ । तर पहिलो चरणमा ५२ जना वनरक्षक भर्नाका लागि लोक सेवा आयोगले सूचना प्रकासित गरेको छ ।

प्रदेशमा लामो समयदेखि वनरक्षकको अभाव रहेको थियो । वनरक्षकको अभावमा प्रदेशममा वनफडानी तथा वन अतिक्रणको लगायतका समस्या रोक्न तथा आम मधेशी युवाहरुलाई रोजगारी दिने उद्देश्यले वनरक्षक भर्ना गर्न लागिएको वन तथा वातारणमन्त्री त्रिभुवन साहले जानकारी दिए ।

‘जनशक्ति अभावले वन जंगलको संरक्षणमा समस्या भइरहेको थियो’, मन्त्री साहले भने, ‘अर्कोतर्फ युवाहरु रोजगारी नपाएर विदेश पलायन भइरहने समस्या देखिएको छ । त्यसकारण वनरक्षकको भर्ना गर्न लागेको छौँ ।’ यसअघि वन मन्त्रालयले ६ जना वनअधिकृत र एक जना भूजलाधारतर्फ वन अधिकृत भर्ना गरिसकेको मन्त्री साहले बताए । यता, रोजगारि नपाएर निरास रहेका युवाहरु प्रदेश सरकारले वनरक्षकमा जागिर दिन सुचना प्रकासित गरेपछि ग्रामिण क्षेत्रका युवाहरु उत्साहित भएका छन् । ढिलो भएपनि प्रदेश सरकारले युवाहरुलाई लक्ष्ति गरि वनरक्षकमा जागिर दिन लागेपछि युवाहरु उत्साहित भएका हुन ।

सम्बन्धित खबर