LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कहिले एमाले, कहिले काँग्रेस त कहिले काँग्रेससँग मिल्दा हाम्रो कल्चरमा मिसावट भएको भन्दै अव नुहाईधुवाई गरेर जनतामा जाने बताएका छन् ।

सोमवार महोत्तरी जाने क्रममा जनकपुरधाममा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले भने,‘ ‘हामी पनि कहिले कांग्रेस, कहिले एमालेसँग त कहिले कोसँग मिल्दा उनीहरुको कल्चर हामीमा पनि अलि सरेको जस्तो छ । अब नुहाइधुवाइ गरि अव फेरि जनतामा जान्छौ ।’ वर्तमान सरकारको अवस्था कमजोर रहेको उल्लेख गर्दै उनले भने,‘ सरकारले दुई तिहाई वहुमत रहेको दावि गर्छन् । तर कानुन ल्याउन संसद छलेर अध्यादेश किन ल्याउन खोज्छन् ?

समान्यत लोकतन्त्रमा पहिलो र दोस्रो पार्टी मिलेर कहि सरकार बन्दैन, उनले भने,‘ तर हाम्रो देशमा त्यो विपरित स्वार्थ जोडेर सरकार बनेको छ । जुन सरकार देश र जनताको हितमा काम गर्न सक्दैनन् ।’ मधेशी जनताको पक्षमा संविधान संसोधनको लागि दुई पटक संसदमा प्रस्वताव लग्दा केपि शर्मा ओलीले रोकेको उनले दावि गरे ।

नेकपा एमालेको नेतृत्वमा केपी शर्मा ओली रहे सम्म कम्युनिष्ट पार्टीरु बीच एकता सम्भव हुने उनले बताए । अध्यक्ष प्रचण्डले भने, ‘चुनाव सँगै मिलेर लडेकै हो । जनताले पनि साथ दिएको हो । तर, एमालेको नेतृत्वमा केपीजी रहेसम्म नेपालमा कम्युनिष्ट एकता सम्भव छैन् ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले आफूहरूको पार्टी विस्तार गर्ने अभियानमा लागेको बताए ।

सम्बन्धित खबर