
जनकपुरधाम । नेपालका अजमेर सरिफ भनिएका महोत्तरीको रौजा मजार शरीफमा प्रत्येक वर्ष जस्तै यस वर्षपनि उर्स(जलसा) हुने भएको छ ।
रौजा मजार शरीफ विकास समितिका अध्यक्ष सलिम राईनको अध्यक्षतामा बसेको वैठकले अगामी चैत २६, २७ २८ गते तीन दिवसिय उर्स भव्य रुपमा मनाउने निर्णय भएको छ । मजार शरीफ विकास समितिका अध्यक्ष राईनले तीन दिवसीय उर्सलाई भव्य बनाउने नेपाल तथा छिमेकी राष्ट्र भारतबाट प्रसिद्ध धार्मिक प्रवचन गर्न मोफ्ती, मौलना तथा शायरहरु आउने बताए ।
नेपाल, भारतसहित बाट लाखौको संख्यामा को उर्समा सहभागि हुने धार्मिक पर्यटकलाइै मध्यनजर गर्दै मजार विकास समितिले विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । मजारमा बाबा गदाअली शाह,बाबा रहम अली शाह र वहार अली शाहको मजार शरीफ रहेको छ ।

भागकल पुराभएका तथा विभिन्न मनोकांक्षा राख्नेहरु दैनिक हजारौको संख्यामा बाबाको मजार शरीफमा आउने गरेका छन् ।