LIVE
सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो |

जनकपुरधाम । मिथिलाका क्षेत्रका ऐतिहासिक तथा धार्मिक महत्वको १५ दिने मध्य परिक्रमा शुरु भएको छ ।

फागुन औषिबाट शुरु भई पुर्णिमा सम्म चल्ने परिक्रमा धनुषा मिथिला विहारी नगरपालिकाको मिथिला विहारी मठबाट रामजानकीको डोला र जनकपुरधामको अग्निकुण्ड लगायतका मठबाट ल्याएका जानकी जीका डोलाहरुलाई जनकपुरधामको हनुमाननगरमा समावेश भई आज आजदेखि परिक्रमाको यात्रा प्रारम्भ गरिएको छ ।

आज विहान हुमाननगरबाट परिक्रमावासी भारतको कल्यानेश्वरको लागि प्रस्थान गरेका छन् । त्यहाँ राती विश्राम गर्ने र भोली विहानै भारतकै फलहरस्थित गिरिजा स्थानमा पुगेर राती विश्राम गर्नेछन् । डोलामा पछि पछि परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा हजारौ श्रद्र्धालुभक्तजनहरुको सहभागि भएका छन् । लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गरिन्छ ।

धनुषा, महोत्तरी र भारत विहारका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरु समेटने परिक्रमा नेपालको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको परिक्रमा गरिन्छ । परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई,धुव्रकुण्ड, कञ्चनवन,पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरि मध्य परिक्रमा सम्पन्न हुने सुन्दरसदनका कुट्टीका महन्थ नवलकिशोर शरणले जानकारी दिए ।

परिक्रमामा नेपालसहित भारतको आयोध्या, मथुरा, दरभंगा, सितामाढी, वैद्यनाथधाम लगायतका साधुसन्तहरुको पनि सहभागिता रहने गरेको छ । नेपाल– भारत बिचको सदियौ देखि रहिआएको मधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन परिक्रमाको ठुलो योगदान रहदै आएको छ । परिक्रमाको भोलि पल्ट जनकपुरधाममा होलि मनाईने चलन छ ।
वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा मनाईन गरिन्छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनिय रहेको धर्मगुरुहरुको भनाई छ ।
यस्तो छ परिक्रमा महत्व
मिथिलाञ्चल क्षेत्रमा पर्ने भुमि संसारका सर्व श्रेष्ठ भुस्थल रहेको हिन्दु धर्मग्रन्थमाउल्लेख गरिएको छ । प्राचिनमिथिलाका सीरध्वज राजाजनकले आफ्ना राज्यमा खडेरी परेको वेलामाहलो चलाउदाँआदिशक्तिको रुपमा सीता प्रकट भएकीथिईन ।

त्यसैगरि, करिव ५ हजार वर्ष पुर्व धर्म साँस्कृतितथा दैनिकजीवनयापनको विषयमा संसार अनभिज्ञ रहेको समयमाप्राचिनमिथिलाको राजधानीजनकपुरधामठूलठूला ऋषि–महर्षिहरू तथाविद्वानहरू विभिन्नविषयमाशास्त्रार्थ गर्दथे । याज्ञवल्क्य, अष्टबक्र, शुकदेव जस्ता दाशर्निक विद्ववानहरू सृर्जना र ऋषि–महर्षिहरू साधनालिप्त रहन्थे ।

संसारका ६ वटा पुर्वीय दर्शन मध्ये ४ वटा न्याय, बैशाखीक, शंख र निमागशा यसै क्षेत्रमा लेखिएको वरिष्ठ साहित्यार डा. राजेन्द्र बिमलको भनाई छ । ।त्यसैगरि,त्रेतायुगमा भागवान विष्णुजी आफ्नो साकेत धामबाट यस लोक अवधमा रामचन्द्रको रुपमा अवतरित हुदाँ महालक्ष्मीपनि सम्पुर्ण बैकुण्ड धामलाई संगै लिएर मिथिलाको यस पवित्र भु–भागमा प्रकट भएकी धार्मिक जनविशवास छ ।

यि विभिन्न विशेषताले भरिपुर्ण निरपुर्ण यो भुमिहिन्दुमा अस्था राख्नेको लागि पुजन्यि र दैवस्थल रहेकोले यो क्षेत्रको परिक्रमागर्दा मोक्ष प्राप्त,मृत्यु पश्चात वैकुण्डमा वास हुने तथा चिताएको कुरा प्राप्तहुने जनअस्था रहेको साहित्यकार डा.बिमलले बताए । मिथिला माहात्ममा वर्णन गरिएको मध्य परिक्रमको शुरुवात १८ औ शताब्दी भन्दा केहि अगाडी भएको हुन सक्ने डा. बिमलको भनाई छ ।

 

 

सम्बन्धित खबर