LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा आफ्नै घर भित्रै एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ ।

जिल्लाको लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव आफ्नै घरभित्र रहेको पूजाकोठाबाट प्रहरीले सडेगलेको अवस्थामा प्रहरीले बरामद गरेको छ । स्थानीयले अञ्जली र उनकी श्रीमान हरिराम यादव वेपत्ता भएको प्रहरीलाई जानकारी गराएपछि प्रहरीले अनुसन्धान थालेपछि उक्त घटना सार्वजनिक भएको हो ।

अञ्जलीको शव शनिवार दिउँसो पुजा कोठामा गाडी अवस्थाबाट बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । घटना पश्चात अञ्जलीकी श्रीमान हरिराम यादव र १० महिनाको छोरी वेपत्ता फरार रहेको छ ।

स्थानीयका अनुसार गत शनिबार रामहरि र अञ्जलीबीच विवाद भएको थियो । त्यसको भोली पल्ट नै रामहरिले आफ्ना छरछिमेकमा श्रीमत बेपत्ता भएको सुनाएका थिए । गत मंगलवारदेखि उनी आफ्नै बेपत्ता रहेका छन् ।

अञ्जलीको हत्या गरि घटना ढाकछोप गर्न श्रीमान हरिरामले शव गाडेको हुन सक्ने प्रहरीको शंका छ । प्रहरी नायव उपरीक्षक सिंहले शव उत्खनन गरेर प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको सकेको र घटनाको अनुसन्धान भईरहेको बताए ।

सम्बन्धित खबर