LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । इस्लाम धर्माम्बलम्वीको महानपर्व रामजान रोजा आईतवारदेखि सुरु हुदै छ ।

खाडी मुलुक सउदी, कत्तारका लगायतका देशहरुमा आज शनिवारदेखि नै रोजा सुरु भएपनि नेपाल, भारत, पाकिस्तान, बगंलादेश लगायतका देशमा आईतवार देखि रोजा सुरु हुदैछ । शनिवार साँझमुस्लिम सामुदायले आकाशमा चन्द्रमाँ देखेपछि जनकपुरधाममसहित नेपालभरिका मुस्लिम समुदायले आईतवारदेखि रोजा बस्ने छन् । आजको रातीलाई चाँदको राती भन्छिन् । रमजानमा पढ्ने तराबीको नमाज आजै रातीदेखि सुरु भएको छ । रोज (व्रत) हरेक मुस्लिम सामुदायका बालिग महिला तथा पुरुषमा अनिर्वाय गरिएको छ ।

इस्लाम धर्मका ५ वटा अधार स्तमभ इमान, नवाज, रोजा, जकात,हज मध्ये रोजा तेस्रा नम्वरको हो । इस्लामिक महिना सवाण समाप्त भई रमजानको पहिलो चन्द्रमा (चाँद) मुस्लिम समुदायले देखे पछि रमजान शुरु हुन्छ ।

इस्लामीक महिना रमजानको ३० दिन सम्म मुस्लिम समुदायले रोजा बस्ने गर्छन् । इस्लामिक महिना रमजानको पहिलो चन्द्रमा देखे लगतै शुरु हुने रोजा पर्वमा मुस्लिम समुदायका सम्पुर्ण महिला तथा पुरुषले अनिवार्य रुपमा दिनभरि केहि नखाई निराहार रुपमा व्रत बस्नु पर्ने हुन्छ । रोजा(व्रत) मा बस्नेहरुले सुर्य उदाउनु भन्दापुर्व र सुर्य अस्ताएपछि मात्र अन्नजल ग्रहण गर्छन् ।

इस्लामिक धर्मग्रन्थका अनुसार रोजा दुई हिजरी सवाण (महिना)को १० तारिक देखि मुस्लिम समुदायमाथि र्फज अथार्त अनिर्वाय गरिएको छ । इस्लामिक धार्मिक गुरुहरुको अनुसार अहिले १४ सय औ हिजरी चलिरहेको छ । रोजा धनि, गरिव सवैमाथि अनिर्वाय छ, यसमाकुनै भेदभाव हुदैन । दिनभरि मजदुरि गर्ने होस वा राजा राजौटा किनन होस् सबैैमाथि रोजा उतिकै लाजिम(अनिर्वाय) गरिएको छ ।महिला ,पुरुष दुवै वालिग मुस्लिममाथि रोज अनिर्वाय गरिएको जनकपुरका मौलना मोफ्ती अहमद हुसैनले बताए ।

इस्लामिक धर्मगुरुहरुका अनुसार सामुहिक रुपमा रोजाखोल्दा –अनजल गर्दा) धार्मिक हिसावले राम्रो मान्निछ । रमजान महिनामा इस्लामिक क्यालेनडरकोे ९ औ महिनाहो । यो महिना मुस्लिम समुदायको लागि विशेष महत्व राख्दछ । अन्य महिनाभन्दा रमजानमा उपवास तथा दानगर्दा ७० गुण बढी सवाव (पुण्य) प्राप्ती हुने जनविश्वास छ । रमजानकै २७ तारिकका दिन इस्लाम धर्माबलम्विहरुको सब भन्दा ठुलो धर्मग्रन्थ पवित्र कुरआन सरिफ नाजिल (अवतरित) भएकाले उनले बताए ।

यसै महिनामा साढे साततोला सुन वा साढे ५२ तोलाचाँदी तथा त्यति बरावरको सम्पिति भएको खण्डमा गरिव विपन्नहरुको लागि अनिर्वाय रुपमा जकात अथार्त दान गर्नका लागि साढे दुई प्रतिशतका दरले रकम निकाल्नु पर्ने हुन्छ ।

यसले गरिव र अशक्तहरुकालागि केहि गरौ भन्ने सन्देश दिने गरेको छ । रमजान महिना भरि विशेष रुपमा अल्लाहप्रति सम्पर्ति रहने मुस्लिमले अल्लाहको डर तथा नैतिकताको घेरा भित्र मनलाई राख्दै धार्मिक तथा समाजलाई भलोहुने काममा तल्लीन हुन्छन् । अपराधिक,अश्लिील तथा समाजलाई अहितहुने कार्यहरु यो महिनामा मुस्लिमबाट हुदैन । तर अपराधिको कुनै जातहुदैन, अपराधिहरु जात, धमर्, कानुनभन्दा वाहिर हुन्छन् ।

रमजानको यो विशेषताले समाजिक विकृति न्युनिकरण, कानुनि राज्यको सम्मान,समाजिक विकासमा अग्रता, अपराध नियन्त्रणमा व्यापक सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । एक महिनासम्म रोजा बसेपछि मात्र मुस्लिम सामुदायले इदुलफित्रअथार्त इर्द पर्व मनाउने गर्छन् ।

सम्बन्धित खबर