LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मधेश सरकारका गृह, सञ्चार र कानूनी मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक (असई) बिरेन्द्रकुमार यादवको मृत्यु भएको छ ।

सिरहाको सिरहा नगरपालिका– २५ सुखचैना घर भएका असई यादव मन्त्रीको लेखीको निवासको सँगै जोडिएको निवासमा सुतिरहेको वेलामा आईतवार राती एक्कासी पेट दुखेपछि जनकपुरधामकै गोदवरी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्मव नभएपछि थप उपचारको लागि सोमवार विराटनगरको नोवेल अस्पतालमा लगिएको थियो । त्यही उपचारको क्रममा सोमवार राती मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

असई यादव मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा कार्यरत थिए । त्यहीबाट उनलाई गृहमन्त्रीको सुरक्षामा खटाएको थियो । मन्त्री लेखिका अनुसार असई यादवको आन्द्रमा पहिला नै समस्या थियो । त्यसको औषधी उनी नियमित सेव गर्दै आएका थिए । करिव ३ दिन अघि मात्रै सोही मन्त्रालय अन्तर्गत रहेका शहिद प्रतिस्ठानका सदस्य रामनरेश यादवको यादव मधेश भवनकै क्वाटरमा मृत अवस्थामा भेटिएका थिए । मन्त्री लेखिले सदस्य यादव पहिलादेखि विरामी रहेकोले औषधी सेवन गर्दै आएका थिए ।

मन्त्री लेखिका अनुसार घटना भएको राती यादवले श्रीमतिसँग कुराकानी गरेको र विहान उहाँका आफन्त डेरामा पुग्दा उहाँ मृत भेटिएको थिए । घटनाको पराम्भिक विवरण अनुसार सदस्य यादवको ह्दयघातका कारण मृत्यु भएको हुन सक्ने मन्त्री लेखिले बताए ।

सम्बन्धित खबर