LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । यसवर्षको महामूर्खको उपाधि मधेश प्रदेश मुख्यमन्त्री सतिश कुमार सिंहलाई प्रदान गरिएको छ ।

२०६१ साल देखि जनकपुरधामका मिथिला नाट्यकला परिषद् (मिनाप)ले होली पर्वको पुर्व सन्धयामा गर्दै आएको महामूर्ख सम्मेलन अन्तर्गत यस वर्षको महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई प्रदान गरिएको छ । यस अघि मधेश प्रदेशका सभामुख मण्डललाई उक्त उपाधि प्रदान गरिएको थियो ।

आकर्षण ब्यङ्गात्मकमाला, टोपी, होरीमा बजाइने डम्फा, सम्मानपत्र र मायाको चिनो सहित मुख्यमन्त्री महामुर्खको सम्मान प्रदान गरिएको छ । मुख्यमन्त्रीसँगै मिनापले समाजमा विभिन्न क्षेत्रका योगदान पुर्याएका व्यक्तिहरुलाई पनि विभिन्न उपाधि दिएर सम्मान गरेको छ ।

मिनापले मैथिलीका प्रसिद्ध साहित्यकार सियाराम झा सरसलाई पटमुर्ख, जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख किशोरी साहलाई हराशंख, रामरिझन यादवलाई लोढाशंकर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव राजेशकुमार मिश्रलाई बालबोध, वीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत अरविन्दलाल कर्णलाई बज्रकीट, चिकित्सक रामविनय चौधरीलाई खबसुरता, मिथिला चित्रकार सीतादेवी कर्णलाई गनपसारैन, भेटनरीको चिकित्सक डा. पिंकी मण्डललाई मनतोरिया, नेपाल बार एसोसिएसन जनकपुरधामका अध्यक्ष विमलकुमार मिश्रलाई पवित्र पापी, कृष्ण चौधरीलाई सोटाचन्दको उपाधि प्रदान गरिएको छ ।

त्यसैगरि, मिनापले जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई खेसारी लाल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्तालाई डपौरशंख र सम्वाद फाउण्डेसनका अध्यक्ष कुमार भाष्करलाई तरघुसनाको उपाधी प्रदान गरिएको छ ।
जनकपुरधाममा २०६१ सालदेखि निरन्तर महामुर्ख सम्मेलन
मिनापले २०६१ सालदेखि नै जनकपुरधाममा महामूर्ख सम्मेलन गर्दै आएको छ । ०६१ सालमा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, ०६२ मा तत्कालीन नेकपा एमालेका नेता शीतल झा, ०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, ०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, ०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, ०६६ मा पूर्वमन्त्री रामचन्द्र झालाई प्रदान गरिएको थियो ।
त्यस्तै, ०६७ सालमा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, ०६८ मा साहित्यकार रामभरोष कापडिी भ्रमर, ०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, ०७० मा तमलोपाका बरिष्ठ नेता डा. विजयकुमार सिंह, ०७१ मा नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतो, ०७२ मा समसानघाटको स्वरुप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

त्यस्तै ०७३ सालमा सप्तरीको मलेठमा तत्कालीन नेकपा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम मिनापले स्थगित गरेको थियो ।

०७४ मा महामूर्खको उपाधि पूर्वराष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल, ०७५ मा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई प्रदान गरिएको थियो भने ०७६ सालमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवम् २०७८ सालमा अर्थविद डा. भोगेन्द्र झा, २०७९ मा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो । त्यस्तै, २०८० सालमा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

सम्बन्धित खबर