LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । मधेश प्रदेश सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पुर्ण प्रक्रियाबाट अलग रहने घोषणा गरेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पत्रकार सम्मेलन गरि एसईई परीक्षा प्रक्रियामा प्रदेश सरकारको कुनै संलग्नता नहने घोषणा गरे । परीक्षालाई म्र्यादित, व्यवस्थित बनाउन प्रदेश सरकारले गोला प्रथाबाट परीक्षा केन्द्राध्यक्ष नियुक्ति हुनुपर्नेमा त्यस्तो नभई विगत जस्तै सेटिङ्गमा परीक्षा केन्द्राध्यक्ष नियुक्त गरिएको आरोप लगाउँदै मुख्यमन्त्री सिंहले परीक्षा अलग भएको दावि गरे ।

एसइई परीक्षा प्रणालीमा चोरी र अनियमितताको आरोप लगाउँदै मुख्यमन्त्री सिंहले भने, ‘परीक्षाको प्रश्नपत्र बाहिर जाने घटनाहरू र परीक्षार्थीलाई चिट चोराउने कार्यमा केन्द्राध्यक्ष र शिक्षकहरूको बढ्दो सक्रियता देखिएको छ । यो अवस्था सुधार्नका लागि हामीले कदम चाल्ने योजना बनाएका थियौं । तर, केन्द्राध्यक्ष चयनमा संघ सरकारका कर्मचारीहरूको हस्तक्षेपले हामीले गर्न चाहेको सुधार गर्न सकेनौ, त्यसकारण हामी परीक्षा प्रत्रियाबाटै अगल हुनु राम्रो हो ।’

गोलाप्रथाबाट केन्द्राध्यक्षहरु नियुक्ता गरेको खण्डमा परीक्षा प्रणालीमा पारदर्शिता, निष्पक्षता र विश्वसनीयता सुनिश्चित गर्न सहयोग पुग्ने हाम्रो विश्वास थियो, मुख्यमन्त्री सिंहले भने,‘ तर, संघीय शिक्षा मन्त्रालय र केन्द्रको परीक्षा समितिले साबिककै व्यवस्थालाई पुनः लागु गर्दै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्षको रूपमा नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ ।’

पत्रकार सम्मेलनमा सहभागि मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले केन्द्राध्यक्ष चयनमा ठुले आर्थिक चलखेल हुने गरेको आरोप लगाईन् । एसईई परीक्षा म्र्यादित बनाउन सुरु देखि नै विभिन्न सरोकारवालाहरुसँग छलफल गरेका थियौ,मन्त्री तिवारीले भनिन्, गोला प्रथाबाट केन्द्राध्यक्ष नियुक्त हुनुपर्छ आफुहरुको मनसाय रहेकोले यसमा सहयोग गर्न आग्रहा गरेका थियौ । उहाँले पहिला निर्णय गर्नुस त्यसपछि यो विषय टुंगो लगाउनु होला भनेर भनियो । तर अहिले आएर प्रदेश सरकारले गोला प्रथाबाट केन्द्राध्यक्ष नियुक्त गर्नुपर्छ भनेर निर्णय गरिसकेको अवस्थामा उहाँहरुले आफुहरुसँग समन्वय बिना नै केन्द्राध्यक्ष तोक्ने गरेका छन् ।’

मन्त्री तिवारीले यस समस्याको समाधानका लागि गहिरो छानबिन आवश्यक रहेको र प्रदेश सरकारले अगामी दिनमा परीक्षा प्रणालीमा सुधार ल्याउन निर्णायक कदम चाल्ने बताईन ।

सम्बन्धित खबर