LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । मधेश प्रदेशका साँसदहरुले सिरहाको औरही गाउँपालिका–५ मा विष्णु यज्ञको नाममा डोम समुदायको घर भत्काउनेहरुलाई गाउँपालिका अध्यक्षसहितलाई कडा करर्वाहीको माग गरेका छन् ।

विहिवार बसेको प्रदेश सभाको वैठकको शुन्य समयमा बोल्दै एकिकृत नेकपा माओवादीका साँसद मिला कर्णले विष्णु यज्ञको नाममा दलित समुदायलाई उठिवास गर्ने गाउँपालिका अध्यक्षसहित बाबाहरुलाई कडा कारर्वाही गर्न माग गरेकी छिन् । कानुनी रुपमा नेपालमा छुवाछुत समाप्त भएको दशकौ भईसक्दापनि व्यवहारमा अहिले पनि छुवाछुत, तल्लो र उपल्लो जात फरक हाम्रो समाजमा कायम रहेको बताउँदै उनले भनिन,जव सम्म यस्ता व्यक्तिहरुलाई करर्वाही गरिदैनन् । तव सम्म यस्ता घटनाहरु हुनेगर्छन् ।’ उठिवासमा परेका परिवारलाई तत्काल समुचित बसोवासको व्यवस्था मिलाउन माग समेत गरेकी छिन् ।


शुन्य समयमै जसपा नेपालकी प्रदेश सासद ललिता दासले सर्वसधारण व्यक्तिभन्दा पनि एक गाउँपालिकाका जनप्रतिनिधीले डोम समुदायलाई अछुत भन्दै घर नै उठिवास गराउनु मानवता विरोधी कार्य गरेको आरोप लगाईन । यज्ञको नाममा कसैलाई उठिवास नै लगाउने मानसिक रोगीहरुलाई कडा कारर्वाही गरिएन भने यस्ता मानसिक रोगीहरु बढ्दै जाने उनले बताईन ।

शुन्य समयमै प्रदेश साँसद निलम कुमारी रजकले पनि औहरी गाउँपालिका–५ मा दलित समुदायको घटनाको घोरभत्र्सचना गर्दै दोषिलाई कारर्वाहीको माग गरेकी छिन् ।

यता, १७ चैतदेखि हुन लागेको विष्णु महायज्ञ स्थल नजिक रहेको दिपक मरिकको घरको घर भत्काईएको थियो । यज्ञ स्थल नजिक अछुत डोमको घर राख्न नहुने बजरंगि बाबाले आदेश दिएपछि गाउँपािलका अध्यक्ष यादवले डोजर लगाएर मरिकको घर भत्काएका थिए ।

सम्बन्धित खबर