LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । चुरे तथा वनजंगल संरक्षण अभियानको प्रमथ राष्ट्रिय सम्मेन नयाँ कार्यसमिति चयन गर्दै पुनः आन्दोलनको घोषणा गरेको छ ।

अभियानले राष्ट्रिय सम्मेलनबाट पारित भएका निर्णयहरू आईतवार जनकपुरधाममा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै विभिन्न चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो । अभियानका केन्द्रीय अध्यक्ष सुनिल कुमार यादवका अनुसार चैत १५ देखि २० गतेसम्म चुरे वनजंगल विनाशबाट प्रभावित क्षेत्रहरूमा जनजागरण यात्रा सञ्चालन गरिनेछ । सो क्रममा बर्दिबास, सिन्धुली, निजगढ, लालबन्दी, बागमती, चितवन, इटहरी लगायतका स्थानहरूमा सचेतनामूलक कार्यक्रम गरिनेछ ।

त्यसपछि चैत २४ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा संसद भवनअगाडि अनिश्चितकालीन विरोध कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए ।
यता राष्ट्रिय सम्मेलनबाट अभियानको केन्द्रीय अध्यक्षमा पुनः सुनिल कुमार यादवलाई सर्वसम्मत चयन गरिएको छ । उपाध्यक्षमा सुक्रिती आर्चाय र राजेश भण्डारी चयन भएका छन् । त्यस्तै महासचिवमा बासुदेव डल्लाकोटी चयन भएका छन् । सचिव पछि चयन गरिने जनाइएको छ । कोषाध्यक्षमा नन्दकिशोर रामसहित २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ । त्यस्तै, अभियानको प्रवक्तामा प्रमोद कुमार साह र प्रेस सल्लाहकारमा दीपक कुमार कर्ण चयन भएका छन् ।

पत्रकार सम्मेलनमा अभियानका अध्यक्ष यादवले आफुहरु विगत ७ वर्षदेखि निरन्तर चुरे संरक्षण तथा तराई मधेशलाई मरभुमिबाट जोगाउन संघर्षका कार्यक्रम गर्दै आएपनि संघ र प्रदेश सरकारले गम्भिरता नदेखाएको आरोप लगाए । उनले आफुहरुको अभियानको कारण सर्वसधारणमा चुरे सम्बन्धी जनचेतनाको विकास हुदै गएको उनले दावि गरे ।

सम्बन्धित खबर