LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेश प्रदेशसभाको गतिरोध अन्त्य गर्न आज बसेको सत्तारुढ र विपक्षी दलको वैठक बिना निष्कर्ष समपन्न भएको छ ।

मधेश प्रदेश सरकारले विकास निर्माणका योजनाहरु खरिद विक्रि हुने गरेको, मुख्यमन्त्री कार्यालयमा कर्मचारी सरुवा बढुवामा व्यापक आर्थिक चलखेल हुने गरेको, मुख्यमन्त्री सिंहको विवदास्पद विदेश भ्रमणसहितका आरोप लगाउदै विपक्षी दल जनता समाजवादी पार्टी नेपाल, माओवादी केन्द्रसहितका दलहरुले ११ चैतमा सोमवार बसेको प्रदेश सभाको वैठक अवरुद्ध गरेका थिए ।

प्रदेशमा भईरहेका योजनाहरुको खरिद विक्रिको छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने, मुख्यमन्त्री सिंहले कुटनितिक म्यार्दा विपरित तथा विवादास्पद भारत भ्रमणको वारेमा सभामा जानकारी दिनुपर्ने सहितका माग गर्दै विपक्षी दलहरुले प्रदेश सभाको वैठक अवरुद्ध गर्ने अडान लिएपछि प्रदेश सभामुख रामचन्द्र मण्डलले सभाको गतिरोध हटाउन मंगलवार संयुक्त बैठक राखेका थिए ।

सत्तारुढ दल र विपक्षी दलहरूलाई एकै ठाउँमा ल्याएर सभामुख मण्डलले विवाद समाधानको प्रयास गरेका छन् । तर, विपक्षीले मुख्यमन्त्रीको विदेश भ्रमण र विकास योजनामा भएको अनियमिततामा छानबिन नगरेसम्म संसद चल्न नदिने अडान लिएका छन् । तर मुख्यमन्त्री सिंहले प्रदेश सभामा आफ्नो विचार राखेर मात्रै छानबिन समिति गठन गर्नुपर्ने अडान राखेपछि दुई पक्ष बीच सहमति नभएको वैठकमा सहभागि एक साँसदले बताए ।

यता, सत्तारुढ र विपक्ष दल बीच सहमति नभएपछि आज १ बजे नबस्ने प्रदेश सभाको वैठक स्थगित गरिएको प्रदेश सभामुख मण्डलले बताए । उनले सभाखुलाउन आज बुधवारदेखि पुनः प्रयास हुने बताए ।

सम्बन्धित खबर