LIVE
ई–रिक्सा चालकको लाइसेन्स प्रक्रियामा सवलिकरण ल्याउन माग | मधेशका जिल्लाहरुमा चैती पर्व मनाईदै | मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान |

जनकपुरधाम । धनुषाका क्षिरेश्वरनाथ नगरपालिकामा मेयर र उपमेयरबीचको विवादले पालिकाको विकास निर्माण कार्य प्रभावित भएको छ ।

मेयर सुखदेव यादव र उपमेयर रचना माथेमाबीचको आन्तरिक विवादले पालिकाको दैनिक कामकाज र विकास निर्माण कार्य प्रभावित हुदै आएको छ । मेयर र उपमेयरले एकअर्का माथि आरोप लगाई पालिकाले समयमा लिने नितीगत निर्णय समयमा नहुदाँ विकासका कार्यक्रममा अवरोध हुने गरेको छ ।

मेयर यादवले पत्रकार सम्मेलन गरि उपमेयर माथेमाले पालिकामा समय नदिने र दुई÷तीन महिनामा एक दिन मात्रै पालिकामा आउने तथा पालिकाले लिने नितीगत निर्णय प्रक्रियामा सहभागि नहुने लगायतका कारण पालिकाको विकास निर्माणमा अवरोध हुने गरेको दावि गरे । पालिका विकासको वाधक उपमेयर माथेमा रहेको आरोप लगाउँदै उनले भने,‘ उपमेयरपनि जनप्रतिनिधी हुन । उहाँमाथि पनि दायित्व छन् । उहाँले पालिकाबाट नियमित तलब भत्ता लिईरहेकी छिन । त्यसकारण उहाँले पनि नियमित रुपमा कार्यालयमा आउनुपर्छ ।’

उपमेयर माथेमा आफ्ना पार्टी नेपाली काँग्रेस धनुषाका सभापति तथा पुर्व मेयर योगेन्द्र पजियारके उस्काहटमा पालिकाको विकास निर्माणमा बाधक बनेको मेयर यादवले आरोप लगाए ।

यस अघि उपमेयर माथेमाले पनि पत्रकार सम्मेलन गरि मेयर एकलौटी गर्न खोजे तथा पार्टीगत हिसाबले पालिका चलाउन खोजेको आरोप लगाएका थिईन । उपमेयर माथेमा न्यायिक समिति र राजश्व संकलन समितिको संयोजक पनि हुनुहुन्छ, मेयर यादवले भने,‘ तर अहिले सम्म उहाँले न्याय समितिको एउटापनि उजुरी हेरेकी छैन । जबकी न्याय समितिमा मुद्दाको चाङ्ग लागेको छ ।’

उनले वडाध्यक्षहरुलाई १ करोड ४० लाख, उपमेयरलाई २ करोड र मेयरलाई २ करोड २० लाखको मुल्यबराबरको योजनाहरु वित्तरण गरिएको उनले बताए । बजेट वित्तरणलाई लिएर विवाद छैन, मेयर यादवले भने‘, वडाध्यक्ष र उपमेयरले जनताको भेलाबाट योजनाहरु नराखि आफ्ना मनमौजि राख्ने गरेका कारण योजना दोहरिएर विवाद हुने गरेको छ ।’

सम्बन्धित खबर