LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२÷८३ का लागि चालू आर्थिक वर्षको भन्दा सानो आकारको बजेट ल्याउने गरी तयारी थालेको छ ।

प्रदेशको नीति तथा योजना आयोगले आगामी आवका लागि २९ अर्ब ७० करोडको बजेट सिलिङ दिएको छ । प्रदेश अर्थ मन्त्रालयले सोही सिलिङभित्र बजेट निर्माणको तयारी अघि बढाएको हो । आयोगले दिएको सिलिङ चालू आर्थिक वर्षको बजेटको तुलनामा १४ अर्ब १९ करोड २१ लाख रुपैयाँ अर्थात् ३२.३३ प्रतिशत कम हो । साधारणतयाः हरेक वर्ष आकार बढाएर बजेट ल्याउने प्रवृत्तिविपरीत यस वर्ष प्रदेशले सानो आकारको बजेट ल्याउने सम्भावना देखिएको छ ।

संघीय सरकारले १५ जेठ र प्रदेश सरकारले १ असारमा आगामी आवको बजेट ल्याउनुपर्ने व्यवस्थाबिच प्रदेशले बजेट तयारी थालेको हो । प्रदेश अर्थ मन्त्रालयले आयोगको सिफारिसअनुसार सबै मन्त्रालय र बजेट खर्च गर्ने इकाइलाई बजेटको सिलिङ पठाएको छ । चालू आवमा प्रदेशले ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँबराबरको बजेट ल्याएको थियो ।

संघीय सरकारबाट आर्थिक वर्षका लागि समानीकरण अनुदानबापत सात अर्ब ७२ करोड १९ लाख, राजस्व बाँडफाँटको आठ अर्ब र अन्तःशुल्कबापत चार अर्ब ३५ करोड ८९ लाखको सिलिङ पठाएको अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले बताए ।
उनले ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदानको रकम अहिलेसम्म संघ सरकारले सुनिनिश्चतता नगरेको बताए । बजेटमार्फत संघीय सरकारले बाँकी शीर्षकको रकम सुनिश्चितता गर्ने महतोको भनाइ छ । संघीय सरकारले दिने बजेट विगतको भन्दा खासै अन्तर नरहे पनि प्रदेश सरकारले चालू आवभन्दा कम आकारको बजेट ल्याउने मनसायमा रहेको पनि उनले उल्लेख गरे ।

‘ठुलो अकारको बजेट ल्याएर हुँदैन,’ सचिव महतोले भने, ‘विगतका वर्षमा यहाँ यथार्थभन्दा फरक अर्थात् ठुलो आकारको बजेट ल्याउने चलन थियो ।
तर, बजेट ५० प्रतिशत पनि खर्च हुन सकेको थिएन । त्यसकारण आगामी आवदेखि यथार्थपरक बजेट ल्याउने प्रयास गरिरहेका छौँ ।’ विगतका वर्षमा आन्तरिक आम्दानी बढी देखाइने गरे पनि बजेटमा देखाइएको आन्तरिक राजस्वको ५० प्रतिशत पनि संकलन नहुने गरेको उनले सुनाए । त्यसैगरी, बहुवर्षीय योजनाको कामलाई गति दिने उद्देश्यले पनि सरकारले नयाँ योजनाका लागि कम बजेट राख्ने नीति लिएको महतोको भनाइ छ ।

प्रदेशको जनसंख्याको ७० प्रतिशत, भूगोल १५ प्रतिशत र १५ प्रतिशत गरिबीलाई अधार मानेर संघ सकारले अनुदान दिने गरेको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खबर