LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय कारिकारणी समिति सदस्य एवम् सांस्कृतिक जनमत संघका केन्द्रीय अध्यक्ष सन्तोष राज सहनी र साँस्कृतिक जनमत संघकी उपाध्यक्ष सेलिना कुँवरले एकैदिन विभिन्न पाँच वटा योजनाका संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

धनुषाको कमला नगरपालिका वडा नम्बर २ सराबे टोलस्थित शहरी विकास मन्त्रालयबाट आएको चालीस लाख बजेटमध्ये पाँच वटा पिसिसि ढलान बाटोको शिलान्यास गरिएको हो ।

सोमबार सराबेको विभिन्न गल्लीमा परेको शहरी विकास मन्त्रालयको योजना मध्ये पाँच योजनाको शिलान्यास गरिएको छ । नेता सहनीका श्रीमति समेत रहेकी उपाध्यक्ष कुँवरले सँयुक्त रुपमा शिलान्यास गरेका छन् ।


कमला नगरपालिका वडा नम्बर २ को विभिन्न टोलमा सहनीले योजना ल्याएको बताएका छन् । उनले तेलियाहा र सराबेमा योजना सँचालन गरेको बताए । उनले यो आर्थिक बर्षमा करिब १ करोड रुपैयाँको बजेट ल्याएको बताए ।

सम्बन्धित खबर