LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

सर्लाही । सर्लाही जिल्लाको पर्सा गाउँपालिका–५ मा शनिवार भएको अमानवीय घटनाका पीडितहरुले न्यायका लागि पहल गरिदिन आग्रहा गरेका छन् ।
गत शनिवार स्थानीय सुनचाँदी व्यवसायीले आफ्नो पसलमा गरगहना नलिएको रिसवीमा गुण्डाहरु परिचालन गरी स्थानीय तस्लिम अन्सारी र सलिम अन्सारीलाई सुगुरको खोरमा थुनेले कुटपिट गरेको घटना सार्वजनि भएको थियो । घटना सार्वजनिक भएपछि गाउँमा त्रास, आक्रोश र अन्यायविरुद्धको आवाज तीव्र बन्दै गएको छ ।

पीडित परिवारका सदस्यहरूसहित स्थानीय समाजसेवी, अगुवा र बुद्धिजीवीहरू न्यायको खोजीमा नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीको मलंगवास्थित निजी निवासमा पुगेर न्यायका लागि पहल गरिदिन आग्रहा गरेका छन् । पीडित पक्षले घटनाको सम्पूर्ण विवरण राख्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

पूर्व गृहराज्यमन्त्री अन्सारीले घटनाप्रति गहिरो दुःख र रोष व्यक्त गर्दै भने, “मानवताको अपमान कुनै हालतमा सहन सकिँदैन। पीडितलाई न्याय दिलाउने प्रक्रिया तत्काल सुरु गर्छौ र दोषी कानुनी कठघरामा ल्याउँछौ ।”

समाजमा शान्ति, सद्भाव र सम्मान कायम गर्न सबै समुदायबीच संवाद र ऐक्यबद्धता आवश्यक रहेको उनले बताए । उक्त भेटघाटमा विभिन्न समुदायका अगुवा, पीडित परिवारका सदस्य, स्थानीय बासिन्दा र दलका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित खबर