LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । नेकपा एमाले धनुषा जिल्ला कमिटीको अधिबेशनमा भोला यादव नेतृत्वको प्यानल बिजयी भएको छ ।
पार्टीका केन्द्रिय सचिव रघुबीर माहासेठ निकट भोला यादव नेतृत्वको प्यानल सानदार जीत हात पारेको छ ।जिल्ला अध्यक्ष पदका उम्मेदवार  भोला यादवले  ४०२ मत प्राप्त गर्दै विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी  अर्थात केन्द्रिय सदस्य उमाशंकर अरगडीया निकट अध्यक्ष पदका उम्मेदवार  लक्ष्मीनारायण यादवले २०० मत प्राप्त गरे ।
उपाध्यक्ष पदमा तेजनारायण यादव विजयी भएका छन्। उनले ४३० मत ल्याउँदै जयप्रकाश सुनरैतलाई २७० मतको फराकिलो अन्तरले पछि पारे। सुनरैतले १६० मत प्राप्त गरेका छन् ।
सचिव पदमा भोला प्यानलका  दीपनारायण ठाकुरले ३६५ मत ल्याउँदै प्रतिद्वन्द्वी धिरेन्द्र मण्डलमाथि १४० मतको अन्तरले हराएका हुन । मण्डलले २२५ मत प्राप्त गरेका छन्।

उपसचिव पदमा सबिन विक्रम थापा विजयी भएका छन्। उनले हरिकिशोर यादवमाथि १८५ मतको अग्रता बनाउँदै पद हात पारेका छन् ।
महिला उपसचिवतर्फ रुका कुमारी मिश्रले ३९१ मतसहित विजयी हुँदै किरण कापरलाई पछि पारिन्। कापरले १८४ मत प्राप्त गरेकी छन् ।

लेखा समितिको संयोजक पदमा वीरेन्द्रलाल कर्ण विजयी भएका छन्। उनले १५८ मतको अन्तरले प्रतिद्वन्द्वीलाई पराजित गरेको निर्वाचन समितिले जनाएको छ ।  निर्वाचन शान्तिपूर्ण तर प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । यस अघि २२ जेठमा मतदान तोकिएपनी दुई पक्ष बीच कुटाकुट तथा झडप भइ निर्वाचन स्थगित भएको थियो ।

सम्बन्धित खबर