जनकपुरधाम ।विभिन्न पाँच राजनीतिक दल मिलेर संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको रक्षाका लागि संघीय गणतान्त्रिक गठबन्धन” गठन घोषणा गर्ने भएको छ ।
यसको औपचारिक घोषणा भोलि गणतन्त्र दिवसको अवसरमा जनकपुरधामबाट हुने छ ।
नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी, नेपाल जनजागृति पार्टी र ऐतिहासिक जनता पार्टी कार्यगत एकता गरि गठबन्धन बनाउन लागेका छन्।
उक्त गठबन्धनको नेतृत्व नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व गृहराज्यमन्त्री रिजवान अन्सारीले गरिरहेका छ । संयोजक अन्सारी भने, “नेपाली जनताले विभिन्न आन्दोलनमा शहादत दिएर ल्याएको गणतन्त्र, संघीयता र समावेशीतालाई कमजोर पार्ने प्रयास भइरहेको छ। यस्तो बेला यो गठबन्धन आवश्यक भएको हो। अब हामी जनताका सवालमा एक भएर अगाडि बढ्नेछौं।”
त्यसैगरी, गठबन्धनका अन्य दलका नेताहरुले पनि सिमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने वैकल्पिक राजनीतिक शक्तिको रुपमा गठबन्धन रहेने बताएका छन् ।

बैठकले घोषणापत्र, सांगठनिक संरचना र प्रचार रणनीति तय गरिसकेको संयोजक अन्सारीले बताए ।घोषणासभामा देशभरबाट कार्यकर्ता, बुद्धिजीवी र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता उनले बताए ।






