LIVE
बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित |

जनकपुरधाम ।  प्रधानमन्त्री केपी शर्मा ओलीले एकैसाथ
मधेश प्रदेशमा ६४ वटा कालोपत्रे सडकको शिलान्यास गर्ने भएको छ ।
मधेस प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजना अन्तर्गत प्रधानमन्त्री ओलीले भोलि आइतबार प्रदेशका ८वटै जिल्लाका ६४ वटा कालोपत्रे सडक निर्माणको शिलान्यास गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनबाट ती सबै सडकहरूको डिजिटल शिलान्यास गर्ने कार्यक्रम तय भएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले जानकारी दिए ।
मन्त्री यादवले मधेशका ८ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रमा कालोपत्रे सडक निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित भइसकेको बताए।
मन्त्री यादवका अनुसार बहुवर्षीय योजनाअन्तर्गत आगामी तीन वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सडकहरू साढे ५ मिटरदेखि ७ मिटर चौडाइमा निर्माण हुनेछन्।
तीन वर्षभित्रमा ६४ वटै सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित चालू आर्थिक वर्षमा मधेश प्रदेश सरकाले  करिब १२ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री यादवले वताए ।

सम्बन्धित खबर