LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दलको अवरोधको कारण सुरु हुन साथ स्थगित भएको छ ।
मधेश प्रदेश सभाको पाँचौ अधिवेशनको पहिलो बैठक सोमवार दिउँसो १ बजेको लागि बोलाइएको थियो । तर तोकिएको समयभन्दा भण्डै तीन घण्टा ढिलो गरि सुरु भएको वैठक कार्यसुचिमा प्रवेश नगर्दै प्रमुख प्रतिपक्षी दलले संसदीय छानबिन समिति गठन माग गर्दै वैठक अवरुद्ध गरेका थिए । पछि प्रदेश सभामुख रामचन्द्र मण्डलले बैठक बिहिवार दिउँसो १ बजे बस्ने गरि स्थगित गरेका थिए ।

प्रदेश प्रदेशका प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामअशिष यादवले विगतमा भएको सहमति अनुसार भौतिक पुर्वाधारसहितका मन्त्रालयबाट भएको योजना खरिद विक्रि तथा वितीय अनुशासनको उल्लघंनको विषयमा सभाबाट छानबिन समिति गठन नभए सम्म आफुहरुले बैठक चल्न नदिने बताए ।

गत चैत २७ गते सदनमा चौथो अधिवेशनको २२ औंं बैठक अघि भएको सर्वदलीय बैठकमा सभामुख मण्डलको संयोजकत्वमा छानबिन समिति गठन गर्ने सहमति भएपनि सत्ता पक्ष दलले प्रतिनिधी नपठाउँदा सरकारले भष्टाचारको पृष्ठपोषण गरिरहेको उनले आरोप लगाए ।
सरकारलाई ट्रयाकमा ल्याउनुपर्ने उत्तरदायित्व सदनको रहेको सभामुख रामचन्द्र मण्डलालाई स्मरण गराउँदै सचेतक यादवले सरकारले सभामुखको निर्देशनको समेत अव्हेलना भएको दावि गरे ।

यता, सभामुख मण्डलले दुई पक्ष बीच तीन घण्टा सम्म आजै छलफल गरेपनि कुनै निष्कर्ष निसक्न नसकेको र थप छलफल भोलि गरिने बताए ।

सम्बन्धित खबर