LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मैथिली भाषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा संस्थागत रुपमा कार्य हुनुपर्ने बताएका छन् ।
शुक्रबार जनकपुरधाममा मधेश प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा निर्माण गरिएको ’मैथिली विकास कोष भवन’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेक देउवाले कोषको भवन जस्तै भाषिक तथा सांस्कृतिक विकास पनि भव्य र परिणाममुखी बनाउन आग्रहा गरेका थिए ।

‘भवन भौतिक पूर्वाधारमा मात्र सीमित नहोस्,’ उनले भने, ‘मैथिली परम्परा, भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने थलो बनोस् ।’ देउवाले यो भवन नयाँ पुस्तालाई भाषा, ज्ञान, सीप र संस्कृतिको हस्तान्तरण गर्ने प्लेटफर्मको रूपमा उपयोग गर्न सुझाए ।
संविधानले मैथिलीलाई राष्ट्रिय भाषा मानेकाले यसको संरक्षण र सम्वद्र्धनमा कोषले पनि अग्रसरता लिनुपर्ने बताए । उनले मधेश प्रदेशको सट्टामा प्रदेशको नाम ‘जनक’ वा ‘जानकी प्रदेश’ राख्न अझ उपयुक्त हुने धारणा व्यक्त गरे । ‘राजा जनक केवल साधारण राजा थिएनन्, उनी राजर्षि थिए,’ देउवाले भने, ‘सिंगापुर, मलेसिया, थाइल्याण्ड लगायतका देशहरूमा समेत जनकको प्रभाव देखिन्छ ।’राजनीतिक समसामायिक विषयमा उनी केहि बोलेनन् ।

सभापति देउवासँगै कार्यक्रममा सहभागि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता कार्यान्वयनमा भइरहेको ढिलाईप्रति चिन्ता व्यक्त गरे ।
मुख्यमन्त्री सिंहले प्रहरी प्रशासन र कर्मचारी समायोजन प्रक्रियामा अगाडी बढाउनमा पहलकदमी गरिदिन सभापति देउवासँग आग्रहा समेत गरे । छिट्टै गर्न संघ सरकारसँग आग्रह गरेका छन् ।


मुख्यमन्त्री सिंहले भने, ‘संघीयताको स्पिरीट अनुसार हामी अघि बढ्न सकेका छैनौँ, किनभने प्रहरी र कर्मचारीहरू अझै पनि संघको नियन्त्रणमा छन् ।’ उनले संघीयता सुदृढ पार्न प्रदेश सरकारलाई आवश्यक अधिकार र स्रोत सुनिश्चित गर्नुपर्ने बताए ।
मैथिली विकास कोषका अध्यक्ष जीवननाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री सरोज कुमार यादवसहितले मन्तव राखेका थिए ।  # मैथिली

सम्बन्धित खबर