LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । नेपालसहित दक्षिण ऐसियाका मुस्लिम धर्मावलम्बीहरूले पर्व बकरइद (ईद–उल–अजहा) पर्व मनाईदैछ ।

नेपाल,भारत, पाकिस्तानसहितका देहा मुस्लिम समुदायले मस्जिद तथा ईदगाहमा गएर विशेष नमाज र बलिदानका साथ श्रद्धा, भक्ति र उल्लासपूर्वक मनाइँदैछ ।आजबाट सुरु भएको यो पर्व तीन दिन सम्म चल्ने छ । खाडी मुलुकहरुमा शुक्रवारदेखि नै सुरु छ ।
इस्लाम धर्मावलम्बीहरुले हजरत इब्राहिमले अल्लाहको आदेशमा आफ्नो प्रिय छोरा इस्माइलको बलिदान दिन तयार भएको ऐतिहासिक घटनालाई स्मरण गर्दै जनावरको कुर्बानी (बलि) दिने परम्परा छ । ६५ वर्षका उमेरमा एक मात्र पुत्र पाएका हजरत इब्राहिमले अल्लाहको नाममा आफ्ना छोरालाई कुर्बानी –त्याग) गर्न राजि भएको विषयसँग जोडिएको छ ।

कुर्बानी गरिएका जनावरको मासु तीन भागमा बाँडेर एक भाग आफन्त, एक भाग गरीब विपन्न र एक भाग आफ्ना लागि उपयोग गरिन्छ । कुर्बानी इस्लाम धर्मले हलाल भनिएको जानवरको मात्रै हुन्छ । यो पर्वलाई मुस्लिम समुदायले ’कुर्बानी’ पनि भनेर सम्बोधन गर्र्न गर्छन् । कुर्बानी भनेको त्याग हो ।
मोफ्ती उसमान बराकातीले भन्छन, जानबरको कुर्बानी मात्र होईन, अल्लाहले मानवलाई आफु भित्रका नकरात्मक आचरण, व्यवहार, कार्यलाई कुर्बानी अर्थात त्याग गर्न यो पर्वले सन्देश दिन्छ ।’ कुर्बानी पर्वले जीवनको महत्व बुझन र सम्मान गर्न पनि सिकाउने गरेको मोफ्ती बरकारतीले बताए ।

 

 

सम्बन्धित खबर