LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । नेपालसहित दक्षिण ऐसियाका मुस्लिम धर्मावलम्बीहरूले पर्व बकरइद (ईद–उल–अजहा) पर्व मनाईदैछ ।

नेपाल,भारत, पाकिस्तानसहितका देहा मुस्लिम समुदायले मस्जिद तथा ईदगाहमा गएर विशेष नमाज र बलिदानका साथ श्रद्धा, भक्ति र उल्लासपूर्वक मनाइँदैछ ।आजबाट सुरु भएको यो पर्व तीन दिन सम्म चल्ने छ । खाडी मुलुकहरुमा शुक्रवारदेखि नै सुरु छ ।
इस्लाम धर्मावलम्बीहरुले हजरत इब्राहिमले अल्लाहको आदेशमा आफ्नो प्रिय छोरा इस्माइलको बलिदान दिन तयार भएको ऐतिहासिक घटनालाई स्मरण गर्दै जनावरको कुर्बानी (बलि) दिने परम्परा छ । ६५ वर्षका उमेरमा एक मात्र पुत्र पाएका हजरत इब्राहिमले अल्लाहको नाममा आफ्ना छोरालाई कुर्बानी –त्याग) गर्न राजि भएको विषयसँग जोडिएको छ ।

कुर्बानी गरिएका जनावरको मासु तीन भागमा बाँडेर एक भाग आफन्त, एक भाग गरीब विपन्न र एक भाग आफ्ना लागि उपयोग गरिन्छ । कुर्बानी इस्लाम धर्मले हलाल भनिएको जानवरको मात्रै हुन्छ । यो पर्वलाई मुस्लिम समुदायले ’कुर्बानी’ पनि भनेर सम्बोधन गर्र्न गर्छन् । कुर्बानी भनेको त्याग हो ।
मोफ्ती उसमान बराकातीले भन्छन, जानबरको कुर्बानी मात्र होईन, अल्लाहले मानवलाई आफु भित्रका नकरात्मक आचरण, व्यवहार, कार्यलाई कुर्बानी अर्थात त्याग गर्न यो पर्वले सन्देश दिन्छ ।’ कुर्बानी पर्वले जीवनको महत्व बुझन र सम्मान गर्न पनि सिकाउने गरेको मोफ्ती बरकारतीले बताए ।

 

 

सम्बन्धित खबर