
मो। इन्तेखाब आलम।
जनकपुरधाम २५बैशाख ।जनकपुरधाम राम यूवा क्लबको भवनमा आइतवार साँझ श्री राम जिम क्लबको उदघाटन भएको छ । राम यूवा क्लबले उक्त भवन जिम भाड़ाका लागि श्री राम जिम क्लबका संचालक अभिषेक झा लाई दिएको छ । झाका अनुसार उक्त जिम क्लबमा स्ट्रेरेनट ट्रेनिंग , कार्डियो भेसकुलर व्याम, मार्शल आर्ट , कराटे, डान्स, जुमबा लगायतका फ़िटनेसका लागि उक्त जिम संचालन गरेको अभिषेक झाले बताए । भाग दौडको जिवनमा शरिरलाई कम्तिमा १ घन्टा व्याम गरनु अति आवश्यक रहेको झाले बताए । देशको युवा देशको पहिचान हो,’ हरेक यूवाले आफनो शरिरलाई फ़िट राखी देशको उज्जवल भविष्यका लागी काम गरनु जरूरी रहेको उनले बताए । श्री राम जिम क्लब संचालनक अभिषेक झाको मुख्य उद्देश्य सबै वर्ग समुदायका व्यकितलाई फिट राखनु उनको उद्देश्य रहेको बताए ।
