LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम ।ट्राफिक सप्ताहको पाँचौ दिन सवारी सुरक्षामा सुधार तथा  चालकहरुलाई स्वास्थ्यप्रती सचेतना जगाउने उदेश्यले चालकहरुको स्वास्थ्यपरीक्षण शिविर समपन्न भएको छ ।
उक्त शिविरमा  १३० जना चालक तथा सहचालकहरूले आँखा परीक्षण, श्रवण शक्ति परीक्षण र रक्तचाप परीक्षण गराएका छन् ।
मधेश प्रदेश सरकार अन्तर्गत गृह, सञ्चार तथा कानून मन्त्रालय र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा तथा प्रादेशिक अस्पताल जनकपुरधामको प्राविधिक सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

स्वास्थ्य परीक्षणमा सहभागी चालक–सहचालकहरूले यस किसिमको नियमित परीक्षणले आफूहरूलाई स्वास्थ्यप्रति सजग बनाउने मात्र नभई सवारीसाधन चलाउँदा सतर्कता र सुरक्षा सुनिश्चित गर्न समेत सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् ।

ट्राफिक सप्ताहको अवसरमा जनचेतनामूलक अभियानस्वरूप सडक सुरक्षासम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गरिरहेको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
रक्तदान, प्रचार–प्रसार, स्वास्थ्य परीक्षण तथा समुदायसँग संवाद कार्यक्रममार्फत सडक सुरक्षा र ट्राफिक अनुशासनमा सुधार ल्याउने उद्देश्य राखिएको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित खबर