LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधाम अब आफ्ना पुरो लयमा फर्किन लागेको बताएका छन् ।
राजर्षि जनक विश्वविद्यालयको पहिलो दिक्षान्त समारोहलाई मंगलबार जनकपुरमा सम्बोन गर्दै विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री ओलीले इतिहासम जनकपुरधाम ज्ञानभुमि, तप भुमि रहेको भएपनि कुव्यवस्थाको कारण बीचमा हराएको बताए ।

प्रधानमन्त्री ओलीले भने ‘यहाँ सत्ययुगमा ज्ञानको छलफल हुन्थ्यो, विद्वताको छलफल हुन्थ्यो, दर्शनको छलफल हुन्थ्यो, त्यसको ४ हजार वर्षपछि हामी फेरी त्यहीँ स्थानमा आई पुगेका छौँ, खुशी लागिरहेको छ ।’ प्रधानमन्त्री ओलीले अगाडी भने ‘४ हजार वर्षपछि फेरी हामी त्यही ठाउँमा पुगेकोमा खुशी छु, बीचमा हाम्रो इतिहास हराई सकेको थियो , केही केही मात्रै निस्कियोयसमा शासकीय कुव्यवस्थाको कमजोरी कारण विद्यापति जस्ता केहि विद्वान मात्रै निस्कियो ।’

हाम्रो शिक्षाको परम्परा प्राचिन रहे पनि त्यसको प्रचार प्रसारमा हामी पछाडी परिरहेको प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो पहिलो व्यवस्थित विश्वविद्यालय २८ सय वर्ष अगाडी थियो जबकि पश्चिमा विश्वविद्यालयको परम्परा साढे ४ सय वर्ष पुरानो हुनुले पनि हाम्रो शिक्षा प्रणाली प्राचिन रहेकोे कुरालाई प्रमाणित गर्छ ।’

कतिपयले हाम्रो पूर्वीय दर्शन अन्धविश्वासमा आधारित रहेको झुठा कुरा गर्छ प्रम ओलीले भने,‘तर पूर्वीय दर्शन अन्धविश्वासमा आधारित नभएर सिद्धान्तमा आधारित दर्शन रहेको छ ।’

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सतिशकुमार सिंहले मधेशका छोरीहरू शिक्षामा पनि अब्बल रहेको दावि गरे । १० जना उत्कृष्ट विद्यार्थीमा ६ जना छात्राले ’ट्रिपल मेडल’ जित्नु नै छोरीहरु पढाइमा अब्बल रहेको पुष्टी गरेको बताए । मुख्यमन्त्री सिंहले प्रदेश सरकारले स्थापना गरेको विश्वविद्यालयलाई पनि संघीय सरकारले अनुदान दिनुपर्ने माग गरे ।

दीक्षान्त समारोहका प्रमुख अतिथि प्राध्याकप राजेन्द्र विमलले शिक्षाले ज्ञान दिए पनि दीक्षाले ज्ञानमा रूपान्तरण ल्याउने गरेको बताए । करिब ८ वर्षअघि सञ्चालनमा आएको राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा दुई ब्याचका करिब १ सय १४ जना विद्यार्थी दीक्षित भएका छन् ।

सम्बन्धित खबर