LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

रौतहट । संघीय गणतान्त्रिक गठबन्धनले रौतहटको गडुरा नगरपालिकामा आयोजना गरेको जनजागरण रैली तथा अन्तरक्रिया कार्यक्रम उत्साहजनक सहभागिता सहित सम्पन्न भएको छ। उत्पीडित, दलित, मुस्लिम, निषाद, आदिवासी समुदायको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा नेताहरूले “समानता र न्याय प्राप्ति नभएसम्म संघर्ष जारी रहने” घोषणा गरे।

नेपाल संघीय समाजवादी पार्टीका संयोजक मोहम्मद रिजवान अन्सारीले मिश्रित निर्वाचन प्रणालीलाई “उत्पीडितलाई सत्ता बाहिर राख्ने षड्यन्त्र” भन्दै पूर्ण समानुपातिक प्रणालीको माग गरे। बहुजन एकता पार्टीका हरिनन्दन अम्बेडकरले “राज्यद्वारा योजनाबद्ध विभेद अन्त्यका लागि वैकल्पिक शक्ति निर्माण अपरिहार्य” भएको बताए।

सद्भावना पार्टीका रामकुमार महत्वले “मधेसभित्रको विभाजन र विकासको असमानता”लाई प्रदेश सरकारकै कमजोरी भने। जनजागृति पार्टीका धुपलाल निषादले “अब नेतृत्व स्वयं उत्पीडित समुदायले लिनुपर्ने”मा जोड दिए। पूर्वमन्त्री बिमला अन्सारीले भने, “मधेस सरकार उत्पीडितविरोधी प्रवृत्तिको प्रतिनिधि बनेको छ।”

कार्यक्रमले पूर्ण समानुपातिक प्रणाली, मधेशलाई एक प्रदेश बनाउने, सेना प्रवेशमा समान अवसर र संघीयताको पुनरव्याख्या लगायत मागहरू सशक्त रूपमा उठाउँदै, सत्तारूढ दलहरूमाथि राजनीतिक चुनौती प्रस्तुत गरेको छ।

 

सम्बन्धित खबर