LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । करिब एक महिनापछि बसेको मधेस प्रदेश सभाको बैठक प्रतिपक्षी दलको विरोधका कारण अर्को सूचना नहुन्जेल सम्मको लागि स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी सांसदहरूले अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरूले आज शुक्रबार पनि बसेको बैठकमा अबरोध गरेपछि सभामुख रामचन्द्र मण्डलले अर्को सूचना नहुनजेल सम्मको लागि स्थगित बैठक गरेका हुन्।
जनता समाजवादी पार्टी ९जसपा० नेपालका मुख्य सचेतक रामअसिश यादवले बजेट वक्तव्यमा अनियमितता भएको आरोप लगाउँदै बैठक अवरुद्ध गरेको बताए। उनका अनुसार २०८२र८३ को बजेट वक्तव्य ४६१ पानाको भए पनि पछि पाएको रेड बुकमा २९४ पाना थप गरी ७५५ पानामा पुर्‍याइएको छ। उनले ती थप पानामा करोडौं मूल्यका योजना चोरी गरेर समेटिएको दाबी गरे।

प्रतिपक्षमा रहेका जसपा नेपाल, नेकपा ९माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाले संयुक्त रूपमा सदन अवरुद्ध गरेका हुन्।  यता, नेपाली काङ्ग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले लगातार सभा अबरोध गरेर विपक्षीलाई लोकतान्त्रिक अभ्यासको मजाक बनाएको बताएको आरोप लगाएका छन् । वर्ता र सम्बादबाट समस्या सल्टाउनु पर्नेमा विपक्षी दलहरु बैठक अबरुद्ध गरेर जनताको अवाज दबाउन खोजे टिप्पणी समेत गरे ।

सम्बन्धित खबर