LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । गौर हत्याको विषयमा सर्वोच्च अदालतले परादेश जारी गरेपछि आन्दोलनमा उत्रेमा जनता समाजवादी पार्टी(जसपा) नेपालले भुमि विद्येयक २०८२ विरोध गर्दै धनुषाको हंसपुरमा प्रदर्शन गरेको छ ।

भुमि विद्येयक ल्याएर जलको भण्डारको चुरे र अन्नको भण्डार मधेशलाई मरभुमिकरण गर्न लागेको भन्दै जसपा नेपालले त्यसको विरोध गरेको छ । आजै प्रतिनिधि सभाबाट भुमि सम्बन्धी संसोधन विद्येयक पारित गरेको छ ।
भुमि विद्येयकमा केपी ओली शर्मा नेतृत्वको सरकारलाई सहयोग नगरेपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १९ वर्ष अघिको पुरानो गौर हत्याकाण्डमा फसाउन खोजेको जसपा नेपालका मधेश प्रदेश प्रमुख सचेतक रामअशिष यादवले आरोप लगाए ।

अदालतको आदेशलाई राजनीतिक प्रतिशोध र मधेस आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रका रूपमा व्याख्या गर्दै जसपा नेपालले आन्दोलन गर्दै आएको छ ।
अहिले क्षेत्रमा पहाडी जिल्लाबाट आएका लाखौ व्यक्ति अवैध रुपमा बसोवास गर्दै आएको उल्लेख गर्दै उनले भने,‘ भुमि विद्येयक आएको खण्डमा अवैध रुपमा बसेका व्यक्तिहरुले जमिनको लालपुर्जा पाउने र चुरे क्षेत्रको अझ बढी दोहन हुन्छ । त्यसकारण भुमि विद्येयक मधेशी जनताको जीवन मरणसँग जोडिएको विषय हो ।’

 

सम्बन्धित खबर