LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । भुमि विधेयकको विरोध गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले महोत्तरीको जलेश्वरमा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनको क्रममा जसपा नेपालका नेता कार्यकर्ताहरुले ‘भूमि विधेयक फिर्ता लेउ, मधेशलाई मरुभूमि बनाउन पाइदैन’ सहितका नाराहरु लगाएका थिए ।  जलेश्वरको खैराचौकबाट शुरु भएको विरोध प्रदर्शन जलेश्वरको विभिन्न चोकको परिक्रमा गर्दै नगरपालिका चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महासचिव रामकुमार शर्माले मधेशमा मधेशीलाई अल्पसंख्यक बनाउन सरकारले भूमि विधेयक ल्याएको बताए ।

चुरे विनाशका कारण मधेश मरुभूमि बन्ने खतरा बढदै गएको बेलामा सरकारले भूमि विधेयकको नाउमा पुनः चुरे विनास गरेर पहाडबाट मान्छे ल्याई मधेशीलाईनै अल्प संख्यक बनाउने प्रयास गरि रहेको बताए ।
राणा र महेन्द्रले मधेशमा मधेशीलाई अल्पसंख्यक बनाउन अपनाएको नीति ओली सरकारले समेत पुनरावृति गरेको उनको कथन थियो ।


अर्को प्रसंगमा महासचिव शर्माले जसपा नेपालले भूमि विधेयकको विरोध गर्दै अध्यक्ष उपेन्द्र यादवलाई १९ वर्ष पुरानो गौर घटनामा फँसाउने षडयन्त्र समेत गरि रहेको बताए । जिल्ला अध्यक्ष रामनरेश रायको अध्यक्षतामा भएको कोणसभामा केन्द्रिय कोषाध्यक्ष सुरिता साह, डा. सुरेन्द्र यादव सहितकाले सम्बोधन गरेका थिए ।

सम्बन्धित खबर