LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा दुरुपयोग प्रकरणलाई लिएर आफूविरुद्ध उठेका राजीनामाका मागलाई तर्कसंगत नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियनले सोमबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले आफूलाई राजीनामा माग्नेहरूको नैतिकतामाथि प्रश्न उठाए । उनले भने, ‘राजीनामा माग्नेहरू आफैँ भिजिट भिसाको दुरुपयोग गर्दै अर्को देशमा गएर त्यहाँको नागरिकता लिई फर्किएर मन्त्रीसम्म भएका छन् । के त्यो भिजिट भिसाको दुरुपयोग होइन ? अनि राजीनामा मैले गर्नुपर्ने ?’ अख्तियारले कुनै कार्यालयमाथि छानबिन गरेको आधारमा सम्बन्धित मन्त्रीले राजीनामा दिनुपर्ने माग तर्कसंगत नभएको उल्लेख गर्दै उनले थपे, ‘यस्तो तर्क मान्ने हो भने वर्षमा कति मन्त्रीले राजीनामा दिनुपर्ला, हिसाब गर्नुहोस् त ।’

पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै मन्त्री लेखकले सातवटा अदालतले दोषी ठहर गरिसकेका व्यक्तिले आफूविरुद्ध प्रतिशोधको कुरा गर्नु अनुचित भएको बताए । ‘यदि यस्तो हो भने देशका २८ हजार कैदीले पनि प्रतिशोधको कुरा गर्नुपर्ने हुन्छ,’ उनले भने । भिजिट भिसा दुरुपयोग सम्बन्धी विषय अनुसन्धानले प्रष्ट पार्ने भन्दै उनले सहकारी ठगी प्रकरणमा अदालतको निर्णयलाई प्रतिशोधको संज्ञा दिनु गलत भएको बताए ।

सिमाना विषयमा पनि बोल्दै मन्त्री लेखकले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको बताए । भारत–चीनबीचको व्यापार नाका सम्बन्धी सम्झौताप्रति नेपालले आपत्ति जनाएको स्पष्ट गर्दै उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको अडान सही छ । नेपालको भुमि हाम्रो हो भन्ने भनाइले कुनै छिमेकी मुलुकसँग सम्बन्ध बिगार्दैन ।’ नेपाल हुँदै पाकिस्तानी आतङ्ककारी भारत प्रवेश गरेको भन्ने हल्ला निराधार रहेको दाबी गर्दै उनले ती व्यक्ति मलेसिया गएको प्रमाणित भएको बताए ।

संविधान र लोकतन्त्रलाई खतरामा पार्ने गतिविधिप्रति सचेत रहनुपर्नेमा जोड दिँदै उनले राजतन्त्र फर्काउने प्रयास अस्वीकार्य रहेको बताए । सरकार संविधान र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहेको उनले बताए । त्यसैगरी, उनले भने,‘ कांग्रेस–एमाले गठबन्धन सरकारले सरकारले स्थिरता कायम गरेको छ, अर्थतन्त्र लयमा फर्किँदै छ, शान्ति–सुरक्षा मजबुत छ । काँग्रेस र एमालेको गठबन्धनको सरकार सफल रहेको छ ।’

सम्बन्धित खबर