LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाका शीर्ष नेताहरूले भुमि ऐनले मधेशी समुदायलाई एकजुट भएर लड्न बाध्य बनाएको आरोप लगाएका छन्।

राष्ट्रिय मुक्ति पार्टी नेपालको समन्वयमा राजविराजस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित जनजागरण अभियान कार्यक्रममा बोल्दै नेताहरूले मधेशीलाई मधेशमै अल्पमतमा पार्ने षड्यन्त्र रोक्न एकताबद्ध हुनुपर्ने बताए।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशीको जन्म नै संघर्षका लागि भएको भन्दै अधिकारका लागि अन्तिमसम्म लडाइँ जारी रहने चेतावनी दिए। भुमि ऐनले मधेशीलाई आफ्नो भूमिमै अल्पसंख्यक बनाउन खोजिएको बताउँदै अध्यक्ष ठाकुरले भने,‘ ‘मधेशी जनता सामु अव दुई वटा विकल्प मात्रै छ, एक लडेर अधिकार लिनुस वा चुप भएर मधेश बर्वादीको तमसा देख्नुस् ।’

कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भुमि ऐनलाई मधेशविरुद्धको पाँचौँ चरणको योजनाबद्ध आक्रमणको रूपमा व्याख्या गरेका छन् । ‘शासक वर्गले पटक–पटक मधेशलाई उपनिवेश बनाउन खोजेको आरोप लगाउँदै, उनले भने,‘पहिलो चरणमा वक्सिस र बिर्ता वितरण, दोस्रो चरणमा हदबन्दी, तेस्रो चरणमा पुनर्वास कम्पनीमार्फत विदेशीलाई जमिन, चौथो चरणमा कानुन बनाएर आफ्ना कार्यकर्तालाई जमिन बाँडफाँट र अहिले भुमि ऐनमार्फत मधेशलाई मरुभूमिकरण गर्न खोज्नु ।’

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनजागरण अभियान मोर्चाकै नेताहरूलाई सचेत गराउने उद्देश्यले भएको बताए । उनले वर्तमान सत्तागठबन्धनलाई लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास भनेका छन् । महतोले सारा मधेशी पार्टी मात्र नभई आदिवासी, जनजाति तथा सबै उत्पीडित समुदाय एकताबद्ध नभएसम्म अधिकार प्राप्त नहुने बताए।

जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले मोर्चाभित्र कुनै दलले कमजोरी देखाए आन्दोलन कमजोर हुने चेतावनी दिए। उनले भुमि विधेयक भुमिहीन र सुकुम्बासीका लागि नभई भुमाफियाका हितमा आएको दाबी गरे ।
तमलोपा अध्यक्ष वृषेश चन्द्र लालले गठबन्धन सरकारको कुशासन र भ्रष्टाचारको आलोचना गर्दै आन्दोलनकारीमाथि लगाइएका झूटा मुद्दा फिर्ता लिन माग गरे।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय कोषाध्यक्ष टीका लक्ष्मी चौधरीले नश्लीय शासनविरुद्ध सबै दल मिलेर संघर्ष गर्नुपर्नेमा जोड दिए। मोर्चाले पहिलो चरणमा देशका आठ स्थानमा जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । अगामी कार्यक्रम २० भदौमा जनकपुरधाममा गरिने कार्यक्रम रहेको मोर्चाले जनाएको छ ।

सम्बन्धित खबर